पूर्वी नवलपरासीको कावासोतीमा चिस्यान केन्द्र बन्दै
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १९:२५:५५
मिना कंडेल
५ माघ नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा चिस्यान केन्द्र बन्ने भएको छ । कावासोती नगरपालिका वडा नं १४ मा निर्माण हुने सो चिस्यान केन्द्र रु २१ करोडको लागतमा निर्माण हुने भएको छ ।
प्रवासबाट आर्जित सिप ज्ञान र पूँजी स्वदेशका लागि भन्ने मुल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले तीन हजार मेट्रिक टनको चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष नेत्रनारायण थनेतले बताउनुभयो । चिस्यान केन्द्र निमार्णको सबै प्रक्रिया पुरा गरी प्रतिनिधिसभा सदस्य तिलक महतले शिलान्यास गरेका हुन् । शिलान्यासको औपचारिक समारोहलाई सम्बोधन गर्दै सांसद महतले दुई वर्ष भित्रमा नवलपुर चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न हुने जानकारी दिए ।
संघीय सरकारको कृषि मन्त्रालयले काम सुरु गर्नु भनि एक करोड रकम कावासोती नगरपालीकाको खातामा पठाई सकेको महतले जानकारी समेत दिए । संघीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत सहयोग र बाँकी बिदेश गएर फर्केका देशैभरीका युवाहरुको लगानीमा गरी रु २१ करोडको लागतमा चिस्यान केन्द्र निमार्ण हुन लागेको अध्यक्ष थनेतले बताए । यो काठमाण्डौं बाहिर पहिलो पटक ब्यवस्थित प्रबिधियुक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो ।
चिस्यान केन्द्रमा मौसममा उत्पादित फलफुल तथा खाद्य बस्तुलाई भण्डारण गरी बेमौसममा बजारमा पठाउने बताईएको छ । यसले गर्दा किसानले पनि उचित मूल्य पाउने र कृषि उपजमा परनिर्भरता समेत घट्ने अध्यक्ष थनेतको भनाई छ ।
यस आयोजना सँग सहकार्य रिटर्नी माईग्रेन्ट नेपालले गरेको छ । चिस्यान केन्द्र सञ्चालन सँगै नवलपुर सहित अन्य जिल्लामा कृषि तथा फलफुलको उत्पादन बढ्ने र बजार समेत बिस्तार हुने कम्पनीले विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार