शालिकराम मृत्यु प्रकरण : लामिछानेसहित तीनै जनालाई सफाइ
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार १:०:२०
५ माघ भरतपुर । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।
अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले आज आइतबार उक्त फैसला गरेको हो । मागदावी नपुगेकाले तीनै जनाले सफाइ पाएको गिरीले राससलाई जानकारी दिए ।
फैसलामा भनिएको छ, “उल्लेखित अवस्थाका आधार प्रमाण र सन्दर्भका तथ्ययुक्त वस्तुस्थितिबाट मृतक पुडासैनीले आफू मर्नुभन्दा पहिले व्यक्त गरेको भनाइलाई प्रतिवादीको कार्य व्यवहार आचरण अभिव्यक्तिले सन्निकट सम्बन्ध जनाउने प्रमाण भेटिएन ।”
“घटनास्थल, प्रतिवादीको कार्यका बीच अन्तरसम्बन्ध स्थापित गर्ने प्रमाण कागजहरु संलग्न रहेको पाइएन, भिडियो कथनलाई मात्रै अन्तिम सत्य र अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न मिलेन”, फैसलामा भनिएको छ । लामिछाने र कँडेलले यसअघि बुझाएको धरौटी रकम पुनरावेदनको म्याद नाघेपछि नियमअनुसार फिर्ता गर्न अदालतको आदेशमा उल्लेख गरिएको छ ।
फैसलाअघि आज पक्ष र विपक्षका तर्फबाट बहस भएको थियो । आज आरोपी तीनै जना अदालतमा उपस्थित भएका थिए । गत साउन २२ गते नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएर मुद्दा दायर गरेको थियो । सोही क्रममा कार्कीलाई पनि पक्राउ गरिएको थियो ।
भदौ ९ गते न्यायाधीश रावल कै इजलासले लामिछाने र कँडेललाई धरौटीमा र कार्कीलाई सादा तारेखमा रिहा गरेको थियो । लामिछानेलाई रु पाँच लाख र कँडेललाई रु तीन लाख धरौटीमा रिहा गरिएको थियो । जिल्लाको आदेशपछि लामिछाने उच्च अदालत पुगेका थिए । उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार