कृषि बैंकको एक वर्षमै बढ्यो निक्षेप १७ अर्ब
नेपालबहस संवाददाता
माघ ५, २०७६ सोमबार ४:२३:१७
५ माघ काठमाडौं । कृषि विकास बैंकले १ वर्षमा १७ अर्ब रुपैयाँ निक्षेप बढेको छ । ५३औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै अघिल्लो वर्षको पुस मसान्तबाट यो वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा १७ अर्ब निक्षेप बढाएको देखिन्छ ।
गत वर्षको पुस मसान्तमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो भने यो वर्षको पुस मसान्तसम्म आइपुग्दा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । १ वर्षको बीचमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
तथ्यांकअनुसार बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । १ वर्षको अवधीमा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी रहेको बैंकको यो वर्षको पुस मसान्तमा आइपुग्दा १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जामा पनि धेरै घटेको देखिएको छ । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा थियो भने यो वर्षको पुस मसान्तमा ४ अर्ब २३ करोड रुपैयाँ पुगेको कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार यो १ वर्षमा बैंकको खराब कर्जा १०।३१ प्रतिशतले घटेको छ ।
त्यस्तै रकमका आधारमा पनि खराब कर्जा निकै घटेको देखिन्छ । १ वर्षको बीचमा खराब कर्जा अनुपात ४.४२ प्रतिशतबाट ३.५९ प्रतिशतमा झरेको छ । सो आधारमा खराब कर्जा १८.६४ प्रतिशतले घटेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार