हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता, खोजीमा कठिनाइ
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १३:२०:३४
कृष्ण दवाडी /रासस
६ माघ कास्की । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।
घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा ‘तामाङ’ र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ । टेकिङ्ग एजेन्सीज् ‘एशोसिएशन’ अफ नेपाल ‘टान’ पश्चिमाञ्चल सङ्घ पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ ।
घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले बेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए । घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको बताइन्छ । शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उनका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
पदयात्रामार्गको दोभानभन्दा माथि तथा माछापुच्छ«े आधार शिविर, देउरालीलगायतका स्थानबाट १३० पर्यटक तथा नेपाली नागरिकलाई स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएकोमा ६४ लाई पोखरा तथा अन्यलाई छोम्रोङसम्म ल्याइएको टानले जनाएको छ । घटनापछि अन्नपूर्ण पदयात्रा मार्गमा अहिले कोही पनि पर्यटक नरहेको बताइन्छ ।
टानले घटनालगत्तै सातको उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो । सो टोलीले त्यहाँको स्थलगत अवलोकन गर्दा पर्यटक हराएको आशङ्का गरिएको स्थलमा बाक्लो हिउँ जमेका कारणले हिउँ पग्लन कम्तीमा पनि एक महिना समय लाग्ने र खोजीमा कठिनाइ भएको जनाएको छ । घटनास्थल वरपर अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताइन्छ । हराइरहेका आफन्तसमेत घटनास्थलतर्फ गएको टानका निर्वतमान अध्यक्ष एवं उद्धार टोलीका संयोजक दीपकराज अधिकारीले जानकारी दिए । त्यसैगरी कोरियनका आफन्तको टोलीसमेत आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ ।
चार चिनियाँ पर्यटक सम्पर्कमा
यसैबीच थ्रोङला पार गर्ने क्रममा मनाङबाट सम्पर्कविहीन भएका चार चिनियाँ पर्यटक आइतबार सम्पर्कमा आएका छन् । ती पर्यटक थ्रोङला पार गरेर मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।
मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका उनीहरु सम्पर्कमा नआएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार