के तपाईलाई थाहा छ, एठन किन हुन्छ ? कारण यस्तो छ
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १४:७:३५
६ माघ, एजेन्सी । के तपाईलाई कहिल्यै निदाइरहेको बेलामा कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्यो, तपाईं चल्न त के आवाज निकाल्न पनि सक्नुहुन्न ? तपाईंलाई कहिलेकाही यस्तो अनुभव भएको छ ? तपाईं निदाइरहनु भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ? के तपाईंलाई यस्तो महशुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाई सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ? के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न, किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?
आजसम्म तपाईं कहिल्यै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ, त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ, वास्तवमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ? नेपालीमा यस्तो हुनुलाई एठन भनिन्छ (Sleeping paralysis) नेपालीमा एठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन । एठन भनेको अस्थाई रुपमा निधाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यतिबेला तपाईले वरपरका कुरा देख्नु हुन्छ, महसुस गर्नु हुन्छ, तर तपाईं चल्न र बोल्न सक्नु हुदैन ।
डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुतप्रेत आफ्नो अगाडि या आफूमाथि चढेकाे कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा hallucination भन्ने गर्छौ । यो जतिसुकै भयानक भएतापनि यसले कुनै हानी भने गर्दैन । एठन प्राय २ देखि ७ मिनेटको समयसम्म हुने गर्छ तर कसैकसैलाई यो रातभरी पनि हुनसक्छ । कसैलाई जीवनकालमा एक या दुई चोटीमात्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ । प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा एठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन, दिनमा मात्रै सुत्नु भयो अनि अचानक निकै समयपछि १ र २ हप्तापछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।
यसको कारण: रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्नबाट रोक्नको लागि एउटा chemical बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निधाउछ । तर यदि तपाईं केही मानसिक तनाव या दिमागमा निकै कुरा खेलाउदै निधाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो chemical ले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ । एठन मान्छे मान्छेमा फरक हुनसक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।
एठन हुदाँ हामी भुतप्रेत अगाडि पाउछौ र मनमनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबाट सिकाईएको छ कि हामीलाई नोक्सान भुतप्रेतले गर्छ र हामीलाई भगवानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ । एठन तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुतप्रेतको प्रभाव होईन न त मानसिक रोग नै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टरसँग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निधाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्छन् ।
शरीरमा ‘रगत’ मा अक्सिजनको मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मांसपेसी को नियन्त्रण गुम्दा अवचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुति हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रमभङ्गको रूपमा विचरण गर्ने हुदाँ अनौठो अनौठो अनुभुति हुन्छ । शरीर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ । जव मान्छेकाे मनोवल कमजोर भई आत्तिन्छ, सो-अवस्थामा शरीरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खरावतत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरीर सबै तत्व मिलेर रहेको छ । डर, त्रास र कमजोरी मान्छेमा जन्मजातै छ ।
यसलाई रोक्नको लागि
१. मानसिक तनाव लिएर बिस्तारमा नजानु होला । यदि केहि मानसिक तनाव छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।
२. सुत्नु अघि मोही, दूध या प्रर्याप्त पानी पिएर निधाउनुले एठन रोक्न सक्छ ।
३. सबैभन्दा राम्रो केही पढ्दै निधाउनु हुन्छ, प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ । राती तपाईलाई एठन भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस, आफुलाई सम्झाउनुस । यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मात्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागेपछि आराम साथ निधाउनुहोस ।
यो उपाय पनि प्रयोग गरि हेर्नुहोस बेलुका खाना खाएपछि, करिब २ घन्टाको फरकमा ओछ्यान मै भएपनि सुतेर वा बसेरै, करिब १० मिनट जति लामो लामो स्वास तान्दै छोड्दै गर्नु र तेहि घुत्रुक्क सुत्नु । त्यस रात तपाईंलाई केहि हुदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ के हो, यो किन महत्वपूर्ण छ ?
बैशाख ५, २०८१ बुधबार
महिलाले राम्रो स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरा के हुन् ?
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार