सुन्तला बिक्रीबाट बार्षिक २५ लाख आम्दानी
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार १९:४९:२८
६ माघ वालिङ । यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गरेका थिए। सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये छन् ।
अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गरेको छन् भने गतवर्ष रु ३६ लाख आम्दानी गरेका थिए । “गतवर्ष सुन्तला बिक्री गरेर रु ३६ लाख आम्दानी गर्न सफल भएको थिएँ” व्यवसायी अर्यालले भने, “एकवर्ष धेरै उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने कारणले गर्दा पनि यसवर्ष सुन्तला उत्पादनमा कमी भई गतवर्षको जस्तो आम्दानी भएन ।”
अर्यालले आजभन्दा ४० वर्ष अघि २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका विरुवाबाट व्यवसायको थालनी गरेका थिएँ । “कृषि विषय अध्ययन गर्दा व्यवहारिकतालाई पनि जोड दिइन्थ्यो,” व्यवसायी अर्यालले भने, “सोही समयमा सारेको बिरुवा राम्रो हुँदै गएपछि २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाएको हुँ ।”
अस्सी रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको सुन्तला बगैँचामा एक हजार ६०० वटा सुन्तलाका बोट छन् । अर्यालको मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो । सुन्तला र कफीखेतीबाट नै आठ जनाको परिवारको शिक्षा दीक्षा तथा घरखर्च चलाउँदै आएका अर्यालय यो व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार