तत्काल ट्रम्पलाई आरोपमुक्त गर्न कानूनी टिमको माग
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १४:४५:११
७ माघ काठमाडौं । महाभियोगको सामाना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टिमले माग गरेको छ कि सिनेटले तत्काल ट्रम्पलाई आरोपमुक्त गरोस् । सिनेटमा हुने महाअभियोगमाथिको बहसको क्रममा राष्ट्रपति ट्रम्पको पक्षबाट वकालत गर्ने कानूनी टिमले तत्काल आरोप मुक्त गरिनु पर्ने माग गरेको हो ।
ट्रम्पको कानूनी टिमले सोमबार सिनेटमा पेश गरेको ब्रिफिङ्गमा राष्ट्रपतिमाथि लागेको महाअभियोग अमेरिकी संविधानको ‘खतरनाक विकृतिकरण’ रहेको उल्लेख गरिएको छ । यसैबिच सभामुख न्यान्सी पेलोसीले सिनेटमा हुने बहसका लागि गठन गरेको व्यवस्थापकहरुको समूहले पनि सिनेटमा आफ्नो ब्रिफिङ्ग पेश गरेको छ । व्यवस्थापकहरुको समूहले पेश गरेको ब्रिफिङ्गमा राष्ट्रपति ट्रम्प ‘आउँदो चुनावमा दखल गर्नका लागि भ्रष्ट गतिविधिमा संलग्न’ भएको उल्लेख छ ।
सिनेटमा ट्रम्पमाथिको महाअभियोगबारेको बहस सिनेटमा नेपाली समय अनुसार मंगलबार राति पौने १२ बजेदेखि सुरु हुनेछ ।अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ ।
विपक्षी डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार