भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १७:१०:१७
७ माघ साँखु । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।
पचास जनाको नेतृत्वमा गएको प्रहरी टोलीले कामीटारका भट्टीमा छापा मार्दा मदिरा बनाउन बङ्गुरको कुहिएको आन्द्रा, जुत्ता, होटलबाट खेर गएका खानालगायतका फोहर तथा कुहिएको वस्तु प्रयोग गर्ने गरेको फेला परेको प्रहरीले बताएको छ । प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीको रोहबरमा उक्त बरामद मदिरा नष्ट गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार