भारतीय रुपैयाँ ११ हजारसहित मोबाइल चोर पक्राउ
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १८:५१:१२
७ माघ बारा । भारत बिहारका ३५ वर्षीय शुसिल सिंहलाई मोबाइल तथा नगद चोरी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सुवर्ण गाउँपालिका-३ संतगंजस्थित सडकबाट चोरी भएको मोबाइल १ थान, भारतीय रुपैयाँ ११ हजार ३ सय ७०, नेपाली रुपैयाँ ११ हजार ४ सय र विभिन्न व्यक्तिको नामको भारतीय पहिचान पत्र तथा आधार कार्ड सहित फेला पारी सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कवहीगोठ बाराबाट खटिएको प्रहरीले बरियारपुरबाट कवही सतगंज हुँदै भारततर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त चोरी भएको मोबाइल, नगद तथा कार्ड सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा उनले गत आइतबार महागढिमाई नगरपालिका-१ बरियापुरस्थित गढीमाई मन्दिरमा लागेको माघे संक्रान्ती मेलामा दर्शन गर्न आएका दर्शनार्थीहरुको साथबाट उक्त सामान चोरी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सिंहलाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार