चीनमा रहस्यमयी ‘कोरोनाभाइरस’ : मृत्यु हुनेको संख्या ६ पुग्यो
नेपालबहस संवाददाता
माघ ७, २०७६ बुधबार ३:१६:५८
७ माघ एजेन्सी । ‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म छ पुगेको चिनियाँ अधिकारीले बताएका छन् ।
चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले देखिएको ‘कोरोनाभाइरस’ का कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म चार रहेकोमा उपचाररत दुई थप बिरामीको मृत्यु भएपछि मङ्गलबारसम्म यस रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ, वुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीलाई जानकारी गराए । उनले उक्त रोगबाट प्रभावितहरूको सङ्ख्या २९१ पुगेका साथै सोमबार र मङ्गलबार गरी थप ८० विरामी उपचारका लागि अस्पतालहरूमा पुगेको उनले बताए ।
रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लासग एशियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षणलाई कडा बनाइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन् ।
सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘२१ औँ शताब्दीको खतरनाक स्वास्थ्य समस्या’ को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’ लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिण्ड्रोम’ भनिन्छ तर पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ ।
अनुसन्धानकर्ताहरूले नयाँ रोगको सङ्क्रमण चीनबाहिर पनि नगन्य मात्रामा रहेको बताएका छन् । उनीहरूका अनुसार थाइल्याण्डमा दुई र जापान र दक्षिण कोरिया पनि एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।
सिङ्गापुर र हङ्कङले वुहानबाट आउने हवाई यात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेका छन् भने सङ्क्रमणलाई फैलिन नदिन अन्य मुलुकमा पनि सावधानी अपनाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ भने रोग फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।
नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकहरूमा पनि यसबाट सावधानी अपनाइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसको सङ्क्रमण सङ्क्रमित जनावरबाट वुहानस्थित ’सीफूड’ विक्री हुने एउटा बजारसम्म फैलिन पुगेको चिकित्सकहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार