पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय
नेपालबहस संवाददाता
माघ ७, २०७६ बुधबार ३:२३:३८
७ माघ एजेन्सी । घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ ।
सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल ‘इन्टरपोल’ को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उनी परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उनको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको पुष्टि गरेको थियो ।
चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका पूर्व इन्टरपोल प्रमुख मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालतसमक्ष स्वीकार गरेको चीनले बताएको छ । मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको ‘निकै खर्चालु जीवनशैली’का लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो।
“मङलाई पदीय मर्यादा विपरित घुस लिएको आरोपमा अदालतले १३ वर्ष छ महिना जेल सजायका साथै दुई लाख ९० हजार अमेरिकी डलर बराबरको जरिवाना तोकेको छ,” तियानजिन एक नम्बर जनअदालतले बतायो ।
सुनुवाईका क्रममा गत जुनमा २१ लाख अमेरिकी डलर घुस लिएको उनले स्वीकार गरेका थिए। अदालतले यसलाई पदीय मर्यादाको दुरूपयोग गर्दै ‘गैर–कानूनी लाभ खोजेको’ वा घुस लिएको ठहर गरेको छ ।
अदालतले एक विज्ञप्ति जारी गर्दै मङले उनीमाथि लागेका सम्पूर्ण अपराधलाई स्वीकार गरेको बताए । उनले यसलाई पुनरावेदन नगर्ने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार