छाउपडी प्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार १९:२६:३१
८ माघ सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिका-७ पैसारास्थित मालिका माविको प्राङ्गणमा छाउपडी प्रथा सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
छाउपडी प्रथा सम्बन्धी सो सचेतनामूलक कार्यक्रममा पञ्चपुरी नगरपालिका-७ का वडा अध्यक्ष, वडा सदस्य, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थीहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा सो विद्यालयका विद्यार्थी लगायत स्थानीय महिलाहरुलाई रजस्वला हुँदा प्रयोग गर्ने विभिन्न सामाग्रीहरु राखिएको १७० थान म्ष्नलष्तथ प्ष्त द्यबन समेत प्रदान गरिएको थियो । सो अवसरमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत स्थानीय तहको समन्वय र प्रहरी तथा स्थानीय बासिन्दाको सहभागितामा पञ्चपुरी नगरपालिका-७ पैसारास्थित चार घरले प्रयोग गर्ने गरी बनाइएको छाउगोठ समेत भत्काइएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्ली राज पन्त, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक शेखर खनाल, पूर्वमिस नेपाल श्रृंखला खतिवडा लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरीले स्थानीय तहको समन्वयमा हालसम्म प्रदेश नम्बर ६ मा १ हजार ४ सय ७२ वटा र प्रदेश नम्बर ७ मा ३ हजार ५ सय ९३ गरी जम्मा ५ हजार ६५ वटा छाउगोठ तथा टहराहरु भत्काइएको छ । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेपाल प्रहरीले छाउपडी प्रथा नियन्त्रणका लागि बिशेष अभियान संचालन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार