माछापुच्छ्रे क्यापिटल
Advertisement

८ माघ, काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।

चेम्बर भवन, जमल, काठमाडाैंमा मुख्य कार्यालय रहेको सो क्यापिटलमा माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको छ । बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि अब मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

चुक्ता पूँजी २० करोड रहेको क्यापिटलले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी गराए ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्