देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुने
नेपालबहस संवाददाता
माघ ८, २०७६ बिहिबार ०:३१:३८
८ माघ काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुने भएको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए । “भैरव अर्याल, रमेश विकल जस्ता महान् स्रष्टाहरुको जन्मभूमि तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउनु प्रतियोगिताको लक्ष्य रहेको छ ” मेयर चालिसेले भने ।
प्रतियोगिता प्रदेशस्तरको पनि हुने भएकाले पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना पुरस्कारका लागि केन्द्रस्तरमा सर्वोत्कृष्ट कविताहरु छुट्टयाएपछि मात्र बाँकी रहेका तिनै प्राप्त कविताहरु मध्येबाट प्रदेश स्तरको उत्कृष्ट तीन कविताहरु छुट्याइने महोत्सव संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता कायम गर्नका लागि स्थापित मूल्यांकन पद्धतिको आधारमा विज्ञ समुहबाट मूल्यांकन गराइने र उक्त मूल्यांकनबाट उच्चतम श्रेणीमा आएका कविताहरुमध्ये बढीमा ४० जना सम्मलाई वाचनको लागि सिफारिस गरिने भएको छ ।
पुरस्कार पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना दुई समेत गरी पाँच जनालाई क्रमश ५१ हजार, ३१ हजार, २१ हजार, १० हजार र प्रति प्रदेश ३ जनाको दरले २१ जनालाई जनही ५ हजारका दरले नगद, प्रमाणपत्र र दोसल्ला रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता गोकर्णेश्वर नगरपालिका –८ आरुबारी चोकमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार