शुक्रबार , कार्तिक १४, २०७७

बैंकको जागीर छाडेर कृषि ब्यबसायमा स्याङ्जाका भरत

बैंकको जागीर छाडेर कृषि ब्यबसायमा स्याङ्जाका भरत

९ माघ, काठमाडौं । वैदेशिक रोजगारमा जानै पर्ने एक जमानामाको लहर जस्तै यतिबेला युवाहरु कृषि ब्यबसाय गर्नैपर्ने जसरी लाग्न थालेका छन् । अन्यत्र गरिने जागिर छाडेर युवाहरुको कृषि ब्यबसाय तिरको लहर उर्लदो छ ।

कसैले वैदेशिक रोजगारबाट फर्केर त कसैले भएका जागिरनै छाडेर युवाहरु कृषि ब्यबसाय आकर्षक बन्दै गएका हुन् । देशमा नयाँ संविधान जारीपछि सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भनेपनि कृषि ब्यबसायतिर आकर्षक भएका युवाले सरकारको त्यो स्वाद चाख्न पाएका छैनन् । नातावाद कृपावादले देशलाई गाजेको हुँदा असली कृषक थिम सरकारको योजना पुग्न नसकेको व्यावसायिक कृषिमा लागेका युवाहरुको गुनासो छ । साच्चिकै देशलाई समृद्धि बनाउने हो भने युवालाई कृषिमा आक्रषण गर्नुपर्ने उनिहरुको सुझाव छ ।

चार बर्ष देखि गर्दै आएको बैंकको जागिर छोडेर आठ रोपनी जग्गा भाडामा लिएर टर्की र कुखुरा पालन ब्यबसायमा लागेका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका तीन बल्पुकका भरत बस्याल यतिबेला टर्की र कुखुराको स्याहारसुसारमा ब्यस्त छन् । आत्मनिर्भरको लागी ब्यबसाय उतम क्षेत्रभन्ने ठानेर २५ बर्षको उमेरदेखिनै व्यावसायिक टर्की र कुखुरा पालनमा लागेकाउनि डेढ बर्ष देखि निरन्तर यहि पेशामा छन् । गल्याङ बजारबाट करिब एक किलोमीटर दुरिमा सिद्धार्थ राजमार्गदेखि करिब १५० मिटरको दुरिमा रहेको बस्याल पोल्टी फोममा यतिबेला ५ सय टर्की, २२ सय लोकल कुखुरा र ५ सय लोकल अन्डा दिने कुखुरा रहेका छन् ।

नेपालमा बढ्दो मासुको मागलाई परिपुर्ति गर्न यहि पेशा उतम देखेर लागेका उनिले स्थानीय बजारमा उत्पादित मासु पठाउने गर्छन् । सरकारले युवाहरूलाई कृषि क्षेत्रमा आक्रर्षण गर्न विभिन्न योजनाहरु ल्याएको भएतापनी उनले अहिलेसम्म कहिकतैबाट सरकारी सहयोग नपाएको बताउँछन् । नेपालबहस सगं कुराकानी गर्दै उनले भने “नेपाल सरकारले ल्याएको योजना असली कृषकसगं पुग्न सकेको छैन । “ सरकारले असली कृषक पहिचान गरि त्यस्ता कृषकहरुलाई अनुदानको ब्यबस्था मिलाउन सके देशले बिकासको क्षेत्रमा फड्को मार्ने उनले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शुक्रबार पैगम्बर हजरतको जन्मदिनमा प्रदेशमा विदा, मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त शुक्रबार पैगम्बर हजरतको जन्मदिनमा प्रदेशमा विदा, मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त १७ घण्टा पहिले
आजको बजारमा करेक्सन आउनुको यस्तो छ प्राविधिक कारण ? आजको बजारमा करेक्सन आउनुको यस्तो छ प्राविधिक कारण ? १५ घण्टा पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते बस्ने १९ घण्टा पहिले
यो बर्ष काठमाडौंमा विगतमा जस्तो बडा दशैँको रहेन रौनक यो बर्ष काठमाडौंमा विगतमा जस्तो बडा दशैँको रहेन रौनक २४ घण्टा पहिले
देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग देहरादुनमा कुटिएका विद्यार्थीको अविलम्ब उद्दार गर्न कांग्रेस प्रवक्ताको माग २० घण्टा पहिले
अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र ९ घण्टा पहिले
विष्फोटक पदार्थसहित विप्लव कम्पनी कमिसारका दुई जना पक्राउ विष्फोटक पदार्थसहित विप्लव कम्पनी कमिसारका दुई जना पक्राउ २२ घण्टा पहिले
जुवाको खालबाट २९ लाखसहित १० जुवाडे पक्राउ जुवाको खालबाट २९ लाखसहित १० जुवाडे पक्राउ १८ घण्टा पहिले