हरियाली स्कुल कार्यक्रममा अघि बढ्दै मन्थली मावि
Advertisement

९ माघ, रामेछाप । एउटा विद्यालयको विकास गतिलाई तीव्रता दिनका लागि शैक्षिक, भौतिक र व्यवस्थापकीय कार्यक्रमहरू मात्र भएर हुँदैन त्यस विद्यालय हाताभित्र र वरिपरि हरियाली वातावरण पनि हुनुपर्दछ ।

मन्थली नगरपालिकामा भएका १९ वटा सरकारी र ३ वटा संस्थागत विद्यालयहरू गरी जम्मा २२ वटा विद्यालयहरू रहेका छन् । यी विद्यालयहरूमध्ये १९ वटा सामुदायिक सरकारी विद्यालयहरूमध्ये मन्थली मावि, मन्थली, सेतीदेवी मावि, सालु र शारदा मावि, गेलु का तीनवटा सामुदायिक विद्यालयहरू मात्र सरकारबाट माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि स्वीकृति प्राप्त विद्यालयहरू हुन् । बाँकी १६ वटा सरकारी सामुदायिक विद्यालयहरू प्रस्तावित रुपमा मात्र माध्यमिक कक्षाहरू सञ्चालन गर्न अनुमति पाएका विद्यालयहरू हुन् । अब यो सन्दर्भ पुरानो भयो ।

यहाँ एउटा विद्यालयमा हरियाली वातावरणको कसीबाट विद्यालयलाई केलाउने काम भएको छ । मन्थली नगरपालिकाको केन्द्र र रामेछाप जिल्लाको सदरमुकामको रुपमा स्थापित भएको मन्थली शहरोन्मुख बजारमा २०१२ साल असोज १२ गते स्थापना भएको मन्थली मावि यतिखेर नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमध्ये नमुना विद्यालय विकासका लागि छनोट भएर कार्यक्रमहरू पाई अघि बढिसकेको विद्यालय हो ।

Advertisement

यहाँ आधारभूत तह (कक्षा १–८) मा दरबन्दी र निजी दुवै गरी ३३ जना र माध्यमिक तह (कक्षा ९–१२) मा दरबन्दी र निजी गरी १७ जना समेत ५० जना विभिन्न विषयका शिक्षकहरू कार्यरत रहेका छन् । यहाँ सञ्चालित कार्यक्रमहरूमा १४ जना कर्मचारीहरू कार्यरत रहेका छन् भने प्राविधिक धारमा ४ जना ओभरसियर र ४ जना इन्जिनियर गरी कूल जम्मा ७२ जना जनशक्ति शिक्षा प्रदान गर्ने कार्यमा अहोरात्र खटेका छन् ।

यो विद्यालय मन्थली नगरपालिकाको वडा नं.१ को खाँदबारी टोलमा ५६ रोपनी जग्गामा फैलिएर रहेको छ । यसका पक्का र अर्धपक्का सानाठूला भवन गरी १३ वटा भवनहरू रहेका छन् । यहाँ शिशुकक्षादेखि कक्षा १२ सम्म साधारण शिक्षा, खुला शिक्षा, विशेष शिक्षा र तीनवटा विषयमा प्राविधिक धारका शिक्षा गरी ६ प्रकारका धारमा शिक्षा दिइएको कुरा सो विद्यालयका प्रअ टंकप्रसाद दाहाल बताउनु हुन्छ ।

‘यो विद्यालयमा कार्यरत माध्यमिक र आधारभूत तहका तालिम प्राप्त र पुराना शिक्षकहरूको नेतृत्वमा १८ वटा विभागहरूको स्थापना गरिएको छ । ती विभागहरू आफूले वर्षभरि गर्ने कामहरूको योजना बनाएर शैक्षिक कार्यमा लागिपरेका छन् जसका प्रभावका कारण मन्थली माविले शैक्षिक, खेलकुद, योग ध्यान, कराँते, स्काउट, हरियाली प्रबद्र्धन कार्यक्रम, भित्ते पत्रिका, आईएसए प्रोग्राम र सामुदायिक कार्यमा विद्यार्थीहरूको सक्रिय सहभागिता गराउँदै आएको सहायक प्रअ पेशल आचार्यले बताए ।

गतवर्ष यो विद्यालयले नगर मै सबैभन्दा बढी सामुदायिक विद्यालय तर्फबाट ए प्लस ग्रेडमा (१६) जनालाई उत्तीर्ण गराएर ख्याती कमाएको थियो । अहिले पनि सो कार्यलाई निरन्तरता दिनका लागि कार्यक्रमहरू बनाएर लागि परेको छ ।

यो विद्यालयले हरित विद्यालय कार्यक्रमलाई सफलीभूत बनाउनका लागि ग्रीन, पीस, सेफ र क्लिन अवधारणालाई बाहिर ल्याएर वृक्षरोपण, प्लाष्टिक मुक्त हाता बनाउने अभियान, अग्र्यानिक खाजा कार्यक्रमलाई बढावा दिएर अघि बढिरहेको छ । अहिले यो विद्यालयमा करिब २२३३ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । हामी टिम स्पिरिट मिलाएर काम गर्नमा अनुभवी भएकैले हामीले शैक्षिक र अन्य अतिरिक्त क्रियाकलापहरूमा विशेष नतिजा प्राप्त गर्न सकेका छौ भन्दै सो माविका शैक्षिक प्रमुख चन्द्रसिंह धामी सबै कुराको जस प्रअ, सहायक प्रअ र शैक्षिक प्रमुखले लिने होइन कि यहाँ काम गर्ने आया, चालक, पाले र कार्यालय सहयोगी सबैको समान सहभागिता रहेको छ ।

विद्यालयलाई यहाँसम्म ल्याइपु¥याउनका लागि अघिल्ला प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको योगदान रहेको र अहिले विद्यालय विगतमा भन्दा अझ व्यवस्थित ढंगले अघि बढिरहेको तथ्य सो विद्यालयका प्रअ टंकप्रसाद दाहालले जनाएका छन् । हरित विद्यालयको अवधारणालाई मूर्तरुप दिनका लागि यसै वर्षको बर्खाको समयमा विद्यालयले तीनसय वटा विभिन्न प्रजातिका रुखहरू रोपेर अहिले थोपा सिँचाई प्रणालीलाई अवलम्बन गरिरहेको कुरा शैक्षिक प्रमुख चन्द्रसिँह धामीले बताउछन् ।

‘हामीले परीक्षा र मूल्याङ्कनका सवालमा अहिले सफ्टवेयर प्रणाली अवलम्बन गरेर अघि बढ्नाले यति धेरै विद्यार्थीहरूको नतिजा प्रकाशनमा सहजताका साथ काम गरिरहेका छौं’ –सो विद्यालयका परीक्षा विभाग प्रमुख सुरेन्द्रबहादुर केसीले बताए । विद्यार्थीहरू पनि अहिले सो विद्यालयमा अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गर्दछन् ।

कक्षा १२ मा अध्ययनरत छात्रा दिपा रोकाले भनिन् –‘विद्यालयले अध्ययन, अतिरिक्त क्रियाकलाप र खेलकुद तथा हरियाली वृद्धि गर्नका लागि योजनाबद्ध रुपले काम गरिरहेको छ । जसले हाम्रो विद्यालय नगरमै अब्बल हुन पुगेको छ ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्