देउवाकाे भूमिका नेकपामा तेस्रो वरियताको सभापति !
Advertisement

sanchita-poudyal♦ सञ्चिता पौड्याल

९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल भनेर चिनिने नेपाली कांग्रेसको पछिल्लो कार्यशैली हेर्दा लाग्दैन, यसको विरासत लोकतन्त्रको पर्यावाचीको रुपमा नेपाली समाजमा स्थापित त्यस्तो थियो भनेर ।

नेपाली कांग्रेसले यो मुलुकका लागि के ग¥यो बिगतमा ? पछिल्लो पुस्तालाई त नेपाली कांग्रेसले गरेको योगदानबारे कुनै जानकारी नै छैन । किनभने कांग्रेसले गरेको राम्रो कामबारे थाहा पाउने अवसर नै प्राप्त भएन । युवा पुस्तालाई आकर्षण गर्ने कुनै गतिविधि गरेको भए पो जानकार हुन्थे । त्यसैले नयाँ पुस्ताका युवाहरुलाई नेपाली कांग्रेसको गौरवगाथा पत्यारिलो लाग्ने आधार नै छैन ।

Advertisement

तर बीपी कोइरालाको पुस्तालाई नजिकबाट नियाल्न भ्याउनेका लागि भने कांग्रेस ज्वालामुखी नै हो । नेपाललाई लोकतान्त्रिक युगमा लैजाने अभियानलाई कांग्रेसले पटक–पटक नेतृत्व प्रदान गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाई नेपालमा सदासर्वदा नेपाली कांग्रेसले नै गरेको छ, चाहे त्यो ००७ सालमा राणा विरुद्ध होस् वा ०१७ पछि ०४६ सम्म पञ्चायती व्यवस्थाको विरोधमा नै किन नहोस् । नेपाली कांग्रेस नै नेपालको प्रजातन्त्रको अगुवा र रक्षक बन्यो र रह्यो ।

०५२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले सत्ताका लागि खेलेका खेल नेपाली राजनीतिको सबैभन्दा घृणित कालखण्ड बन्यो । सूरा, सुन्दरीदेखि पजेरो संस्कृति भित्र्याउने अरु कोही हैन नेपाली राजनीतिमा मात्र देउवा हुन् । सत्ता राजनीति भन्दा दायाँबायाँ गर्न नसक्ने उनको प्रवृत्ति र शैलीले नेपाली कांग्रेसलाई आजको दुरावस्थामा पु¥याई दिएको छ ।

यो क्रम ०६२/०६३ सम्म पनि कायमै रह्यो । माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर यो देशबाट राजतन्त्रको समूल नष्ट गरी गणतान्त्रिक नेपाल स्थापना गर्न समेत नेपाली कांग्रेसले अगुवाई गरेको हो । बीपीका कान्छा भाई गिरिजाप्रसाद कोइरालाले आधुनिक नेपाल निर्माणमा ठूलै जोखिम उठाएर प्रजातन्त्रको पहरेदारी गरेका हुन् । त्यति बेलासम्मको इतिहासका साक्षी धेरै नेपालीलाई कांग्रेसको गौरवगाथा थाहा छ नै । तर त्यसपछि कांग्रेसको नेतृत्व तहमा पुगेकाहरुले त्यसलाई जगर्ना गर्न सकेनन् ।

नेता कहलिएकाहरु फगत सम्पत्ति र सत्ता राजनीति केन्द्रित भइदिए । जसले गर्दा नेपाल र नेपालीको भविष्य निर्माणमा नेपाली कांग्रेसले गरेको बलिदानी र योगदान आजका पुस्ताका लागि केवल एकादेशको कथा बन्ने गरेको छ ।

खासगरी नेपाली कांग्रेसमा शेरबहादुर देउवाको उदय हुने वित्तिकै धेरै बेथितिले जन्म लियो । ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले सत्ताका लागि खेलेका खेल नेपाली राजनीतिको सबैभन्दा घृणित कालखण्ड बन्यो । सूरा, सुन्दरीदेखि पजेरो संस्कृति भित्र्याउने अरु कोही हैन नेपाली राजनीतिमा मात्र देउवा हुन् । सत्ता राजनीति भन्दा दायाँबायाँ गर्न नसक्ने उनको प्रवृत्ति र शैलीले नेपाली कांग्रेसलाई आजको दुरावस्थामा पु¥याई दिएको छ ।

नत्र कांग्रेसका पालामा नियुक्त भएका सबैजना राजदूत आज फिर्ता भइसक्दा पनि देउवाकी सासु प्रतिभा राणा भने ओली सरकारको सबैभन्दा विश्वास पात्र कसरी भइन् । जापान जस्तो महत्वपूर्ण राष्ट्रको राजदूत रहेकी प्रतिभा राणा आफ्नो कार्यकाल पूरा गर्ने भाग्यमानी त्यसै भएकी होइनन्, देउवाको चाहनाले मात्र हो ।

नेपाली जनताले पटक–पटक बहुमत दिएको नेपाली कांग्रेसमा देउवाकाल सुरु भएपछिको अवस्था टिढ लाग्दो छ । अहिले संसद्मा कांग्रेसको संख्यात्मक उपस्थिति लज्जास्पद छ । यस्तो जनमत प्राप्त गर्दा समेत देउवाले नैतिकता भन्ने शव्दलाई कहिल्यै स्मरण गरेनन् । चुनावमा भएको पराजयको जिम्मेवारी कहिल्यै लिएनन् । बरु संसदीय दलको नेतामा पनि आफैं बिराजमान भए । त्यसको कारण थियो – उनको चरम सत्तामोह ।

प्रतिपक्षी हैसियतमा पुग्दा देउवा आक्रमक होलान् भन्ने आम मानिसले अनुमान गरेका हुन् । कांग्रेसको गौरवशाली इतिहासले पनि त्यो विरासत थाम्छ भन्ने धारणा आम मानिसमा हुनु स्वभाविक थियो । तर देउवा कार्यकालमा त्यो संभव भएन । बरु उनी जसरी हुन्छ आफू र आफ्नो गुटको संरक्षण गर्न प्रतिपक्षीय भूमिका नै त्याग्न तत्पर देखिएका छन् । नत्र कांग्रेसका पालामा नियुक्त भएका सबैजना राजदूत आज फिर्ता भइसक्दा पनि देउवाकी सासु प्रतिभा राणा भने ओली सरकारको सबैभन्दा विश्वास पात्र कसरी भइन् । जापान जस्तो महत्वपूर्ण राष्ट्रको राजदूत रहेकी प्रतिभा राणा आफ्नो कार्यकाल पूरा गर्ने भाग्यमानी त्यसै भएकी होइनन्, देउवाको चाहनाले मात्र हो ।

बिगतमा बी पी, गणेशमान, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेतालाई पञ्चायतले यस्ता कति अफर दिएको होला ? पञ्चायतलाई स्वीकारेको भए बीपी आजीवन प्रधानमन्त्री हुनसक्थे । सुवर्णलाई के कमी थियो ? गणेशमानले चाहेका भए के पाउने थिएनन् ?

खड्गप्रसाद ओली नेतृत्वको सरकार सर्वसत्तावादी भयो भनेर सर्वत्र विरोध छ । नागरिक समाज पूरै विरोधमा छ । भर्खरै मात्र नेकपाले हत्या आरोपी अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनायो । लोकतन्त्र र कानूनी राज्यको पक्षका अटल र अविचलित रहेको इतिहास बोकेको कांग्रेसले त्यसलाई चुनौती दिएन । संसदीय दलले सापकोटा विरुद्ध उम्मेदवारी समेत दिने आँट गरेन । बरु रिक्त उपसभामुखका लागि चित्रलेखा यादवको नाममा भिख माग्ने काम गरेको छ । त्यो पनि पाँच हजार नेपाली मारेको स्वीकारोक्ति दिने पुष्पकमल दाहालको दैलोमा पुगेर उपसभामुख माग्ने लाचार कांग्रेसी चरित्र उदांगो भएको छ ।

देउवा र रामचन्द्र पौडेल जस्ता नेता अहिले सत्ताको लाचार छायाँ बनेका छन् । पौडेल आफैं प्रचण्डको दैलो चहारेर एउटा उपसभामुख दिनु प¥यो भन्दै भिक्षा माग्न जानु कांग्रेसका लागि मरे तुल्य हो । बिगतमा बी पी, गणेशमान, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेतालाई पञ्चायतले यस्ता कति अफर दिएको होला ? पञ्चायतलाई स्वीकारेको भए बीपी आजीवन प्रधानमन्त्री हुनसक्थे । सुवर्णलाई के कमी थियो ? गणेशमानले चाहेका भए के पाउने थिएनन् ? यस्तो नैतिकता र आचरण भएका नेता भएकैले कांग्रेसप्रति सबैको विश्वास र भरोशा थियो । तर अहिले देउवा पौडेलले सबै स्खलित बनाई दिएका छन् ।

यही सोच र शैलीले कांग्रेस अघि बढ्दै जाने हो भने युवापुस्ताले अहिलेसम्म नाम चाहिं सुनेका होलान्, भोलिको पुस्ताले त इतिहासकै पाना पल्टाउँदा मात्र नेपाली कांग्रेस भन्ने पार्टी रहेछ भन्ने जान्नु पर्ने हुन्छ । देउवाको कार्यशैली हेर्दा विस्तारै त्यही गतिमा पार्टी अघि बढ्ने अनुमान लगाउन सकिन्छ ।

कतिपयले त ठट्टै गर्दा किन नहोस् भन्ने गरेका छन– अब देउवाले कुनै पनि बेला नेकपामा तेस्रो वरियताको सभापति पाउने वचन पाए भने कांग्रेस नै बिलय गरिदिने छन् । मजाक नै किन नहोस् विषय ज्यादै संवेदशनशील छ, त्यही कुरा कांग्रेसमा हिजोका नेतालाई नभनिने तर देउवालाई चाहिं भन्ने, केही कारण त अवश्य पनि छ । हावा नचली पात हल्लँदैन भने जस्तो । कांग्रेसले अब आफूलाई समयानुकल बनाउन सकेन भने साँच्चै इतिहास गर्वमा कांग्रेस बेपत्ता हुन सक्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्