भ्रष्टाचारको सूचाङ्कमा प्रगति भए पनि भ्रष्टाचारको मात्रा उस्तै
Advertisement

९ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा भ्रष्टाचार गर्नेमा नेपाल ११३ औँ स्थानमा परेको हो ।

विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्तगरी बिगतमा भन्दा नेपालले तीन स्थानमाथि गई केहि सुधार गरेको देखिएको हो । सन् २०१८ को सूचीमा नेपाल ३१ अङ्कसहित १२४ औँ स्थानमा थियो । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत गरी छ संस्थाका सर्वेक्षणका आधारमा नेपालले सुधार गरेको देखिएको हो ।

सन् २०१९ मा विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ भने सो राष्ट्रले ८७ अङ्क प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको छ भने सो राष्ट्रले नौ अङ्क प्राप्त गरेको छ । दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार गर्ने देशमा भूटान परेको छ । भूटानले ६८ अङ्क प्राप्त गरी २५औँ स्थानमा छ । भारत र चीन समान ४१ अङ्क प्राप्त गरी ८०औँ स्थानमा परेका छन् । यस्तै श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३औँ स्थानमा, माल्दिभ्स २९ अङ्क प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३औँ स्थानमा छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्