Advertisement

९ माघ, काठमाडाैं ।  १ बजेर ३० मिनेटबाट बिक्रीकर्ता हावी हुँदा बजारले आज राम्रो प्रवृत्ति बनाउन सकेन । १ बजेर ३० मिनेटबाट घट्न थालेको बजार अन्तिम समयसम्म नै घट्यो । साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक १५ दशमलव ९५ अंकले घट्दै १२९७ दशमवल ४७ को विन्दुमा बन्द भएको छ । शेयरबजार आज १३०० को मनोवैज्ञानिक टेवा मुनी बन्द भएको हाे ।

दोश्रो बजार परिसूचकमा १ दशमलव २१ प्रतिशतको गिरावट देखिएको छ । बजारमा दिन भरिमा १ अर्ब ३८ करोड बराबरको शेयर खरिदबिक्री भएको छ । आज १७२ कम्पनीका ३७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

Advertisement

बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा आएको सर्वाधिक १ दशमलव ८३ प्रतिशतको गिरावटको कारणले गर्दा आज समस्त नेप्से परिसूचकलाई नै असर पुगेको छ । आज अन्य र जीवन बीमा उपसुचकमा वृद्धि देखिएको छ ।

आज बजार १३१४ दशमलव १७ को विन्दुमा खुलेकोमा ११ बजेर २४ मिनेटमा १३२० दशमलव ७७ को उच्च विन्दुसम्म पुगेको थियो त्यस्तै बजारले अन्तिम समयमा अर्थात २ बजेर ५८ मिनेटमा १२९५ दशमलव २९को न्युन विन्दु समातेको थियो । यस्तो खालको प्रवृत्तिलाई ईण्ट्राडे लो भनिन्छ, जसलाई अर्को दिनको लागि सकारात्मक प्रवृत्ति मानिदैन ।


हेरौं सर्वाधिक कारोवार हुने , कमाउने र गुमाउने ५ कम्पनी :

प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३१० पहिलो टेवा : १२८५

  • हाल बजारले १३५९ को उच्च बिन्दु बनाएपछि बजार घट्दो प्रवृत्तिमा रहेको छ । आज नेप्से परिसूचक १२९७ दशमलब ४७ को बिन्दुमा बन्द भएको छ ।
  • आज पनि नेप्सेले “वियरिस” मैनबत्तीको चित्र बनाएको छ । यसले आज बजारमा  विक्रीकर्ताको चाप रहेको जनाउँदछ ।
  • दैनिकी अवधिमा “आरएसआई” ६७ दशमलब १८ को बिन्दुमा छ । आरएसआईको प्रवृत्तिले बजार अझ केहि सच्चिन सक्ने जानकारी गराएको छ ।
  • “एडिएक्स” तथा जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप कमजोर हुन थालेको जानकारी गराएको छ ।
  • नेप्सेको प्रवृत्ति र “अन ब्यालेन्स भल्यूम” ले विक्रेताको चाप हुने सम्भावना समर्थन गरेको छ ।
  • नेप्से बढेमा पहिलो प्रतिरोध १३१० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२८५ को क्षेत्रमा पाउने देखिन्छ ।
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्