छाडा कुकुरको बन्ध्याकरण गरेपछि बजारवासी खुशी
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १४:५०:३९
० माघ दमौली । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उनले बताए । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ ।
“छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाइएको हो”, डा श्रेष्ठले भने ।आजसम्म सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिएका छन् ।
बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुशी व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार