अग्नि सापकोटाविरुद्ध सर्वाेच्चमा अर्काे मुद्धा
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १८:२:१३
१० माघ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सभामुखका लागि अघि सारेका अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा अर्काे मुद्धा दायर भएको छ ।
व्यक्ति हत्याको आरोपी सापकोटालाई सभामुख जस्तो गरिमामय पदमा निर्वाचित गर्न नहुने भन्दै अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । कर्तव्यज्यानमा मुद्धा विचाराधीन रहेका व्यक्तिलाई सभामुख बनाउने संसदीय प्रकृया तत्काल रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश मागेका छन् ।
कर्तव्यज्यान जस्तो संवेदनशील मुद्धाका प्रतिवादी रहेका सापकोटालाई तत्काल पक्राउ गरी थुनामा राख्न समेत रिट निवेदनमा माग गरिएको छ । सापकोटा सभामुख निर्वाचन प्रकृयामा एकल दावेदार छन् । उनका विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत कुनै उम्मेदवारी दिएको छैन । पर्सी आइतवारका लागि निर्वाचन गर्ने संसद सचिवालयको तयारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार