कांग्रेसको विवाद समाधान : १४औँ महाधिवेशन २०७७ फागुनमै
नेपालबहस संवाददाता
माघ १०, २०७६ शनिबार ४:१५:४५
१० माघ, काठमाडौं । नेपाली कांग्रंसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा आज भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । सहमतिका लागि पार्टीका शीर्ष नेताबीच यसअघि विभिन्न चरणमा छलफल भए पनि टुङ्गो लाग्न सकेको थिएन ।
बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो । पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने, केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले बताए ।
बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति गरेको छ । नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमति भएको छ । साथै तदर्थ समितिमा बस्ने पदाधिकारी र सदस्य नेविसङ्घको आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन् ।
सहमति भएका यी सबै प्रस्ताव कांग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिए। कांग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो ।
वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका र विधानका केही दफा निलम्बन गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्नेलगायतका निर्णय गरेको थियो ।
आज सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार