आमाका नामबाट नागरिकता चुनौतीपूर्ण
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १२:१०:१८
११ माघ काठमाडौं । आमाको नामबाट पनि छोराछोरीलाई नागरिकता दिन सकिने संवैधानिक व्यवस्था भए पनि सहजरुपमा व्यवहारमा कार्यान्वयनमा आउन नसकेको शुक्रबारआयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
महिला, कानून र विकास मञ्चले शुक्रबार आयोजना गरेको सन् २०१९ मा गरेका कामको सामाजिक परीक्षणसम्बन्धी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले न्यायिक समितिको पहलमा १३ जनालाई आमाकै नामबाट नागरिकता दिन सफल भएको सुनाए । रोजगारीमा विदेशिनुपर्दा पुरुष पनि महिलाबाट पीडित भएका प्रशस्त घटना रहेकाले महिला, पुरुष दुवै नै पीडित भइरहेको उनले सुनाए ।
“देशभरका स्थानीय तहमा ९८ प्रतिशत महिला उपप्रमुख छन्, प्रमुखभन्दा जिम्मेवारी कम भए पनि मुख्यरुपमा तोकिएका न्यायिक समिति, अनुगमन समिति, बजेट निर्माणलगायत काम चुनौतीपूर्ण छन्, अबको स्थानीय तह निर्वाचनमा कम्तीमा ५० प्रतिशत महिला प्रमुखमा निर्वाचित हुनुपर्छ”, उपप्रमुख खड्गीले भने।
महिलाकै नामबाट छोराछोरीलाई नागरिकताका लागि सिफारिस गर्न वडाध्यक्षलाई पनि गाह्रो भइरहेको देखिएको कार्यक्रममा सुनाइएको थियो । न्यायिक समितिमा सम्बन्धबिच्छेदका मुद्दा आउँदा अंश पाइन्छ भन्नेसमेत थाहा नभएका महिला आउने गरेकाले सचेतना एवं जागरणमूलक कार्यक्रमको अझै आवश्यकता रहेकामा सो अवसरमा जोड दिइएको थियो ।
मञ्चले महिला, कानून र विकासका बारेमा वर्षभर यस्तै जागरणमूलक काम गर्ने गरेको अध्यक्ष मीरा ढुङ्गानाले बताए। समाज कल्याण परिषद् र कर कार्यालयको नीतिअनुसार रु पाँच करोडसम्मकै काम मात्र वार्षिकरुपमा मञ्चले गरिरहेको जनाइएको छ । यसरी काम गर्ने गैरसरकारी संस्थाले वार्षिकरुपमा सामाजिक परीक्षण गराउनुपर्ने प्रावधान छ ।
कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, अधिकृत विनोदचन्द्र देवकोटा र सन्तोष पौडेल, कैलालीका द्वन्द्वपीडित गणेशबाबु मल्ल, सुदूरपश्चिमका लैङ्गिक हिंसा पीडित सुन्तली धामीलगायतले मञ्चका गतिविधिका कारण कानूनी उपचार सम्भव भएको, विभिन्न विषयका कानूनी जानकारी पाइएको बताए ।
सो अवसरमा आमाका नामबाट नागरिकता लिन सङ्घर्ष गरेका युवायुवती एवं उनका आमाको पीडा समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । मञ्च विसं २०५२ देखि महिला, कानून र विकासका क्षेत्रमा काम गर्दै आएको छ । हाल संस्थाले स्थापनाको २५ औँ वर्षगाँठ मनाउन लागेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार