डोल्पामा दलित परिवारका ४५० घर बन्ने
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १३:२६:३९
११ माघ डोल्पा । डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर बन्ने भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा ८५, जगदुल्ला गाउँपालिकामा ८५, मुड्केचुला गाउँपालिकामा १०० घर बन्ने छन् ।
त्यसैगरी ठूलीभेरी नगरपालिकामा १००, काइके गाउँपालिकामा ५० र शे फोक्सुण्डो गाउँपालिकामा ३० घर बन्ने छन् । दलित घर परिवार भएका छवटा स्थानीयतहमा मात्र घर निर्माण गरिने बताउँदै दलित बस्ती नभएका डोल्पो बुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा घर नबनाइने भौतिक पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधिमा दलित परिवारमात्रै नभनेर आर्थिक अवस्था कमजोर भएका लोपोन्मुख, अति सीमान्तकृत, अतिविपन्न, गरिब घर परिवारका घर बनाउने भनिए पनि डोल्पामा दलित घर परिवारको मात्र घर बनाउन लागिएको हो ।
एउटै समुदायमा बस्दै आएका कतिपय गैरदलितको आर्थिक अवस्था दलितभन्दा पनि निकै नाजुक भएकाले त्यस्ता परिवारको पनि घर निर्माण गरिनुपर्ने सरोकारवालाको भनाइ छ । आगामी वर्षदेखि विपन्न गैरदलित समेटिने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए । कर्णाली जनता आवास कार्यक्रममार्फत यो वर्ष बन्ने नयाँ घरका लागि आफू र प्रदेशसभा सदस्य पद्मीकुमारी बोहोरासहित भएर प्रदेश सरकारसँग पहल गरेपछि तोकिएकोभन्दा धेरै कोटा पार्न सफल भएको उनले बताए ।
भौतिक पूर्वाधार विकास कार्यालयमार्फत शहरी विकास तथा भवन कार्यालय कर्णाली प्रदेश सूर्खेतले उक्त घर निर्माण गर्न लागेको हो । दुई कोठे घर निर्माणका लागि पटक–पटक गरेर चार किस्तामा अनुदान रकम प्रदान गरेर घर निर्माण गरिने भौतिक पूर्वाधार कार्यालयका प्राविधिक प्रवेश महताराले जानकारी दिए ।
उनका अनुसार पहिलो किस्तामा २५, दोस्रो ३०, तेस्रो ३५ र अन्तिम किस्ता १० प्रतिशत दिएर रु चार लाख रकम पाउने छन् । घरको नक्सा सरकारले नै उपलब्ध गराउने र सोहीअनुसार आफ्नै जग्गामा घरधनीले घर निर्माण गर्नुपर्ने पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय जाजरकोटबाट निर्माणकार्य अगाडि बढाएको २५० घरधुरीको अपुग बजेट रु तीन करोड ७३ लाख ८६ हजार रकम निकासाका लागि प्रदेश सरकारलाई माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार