कोरोना भाइरस नेपालमा फेला
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १४:२१:१२
११ माघ काठमाडौं । चीनमा महामारी लिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत चीनबाट फर्केका एक जनामा उक्त भाइरसको संक्रमण पुष्टी भएको बताइएको छ । संक्रमित व्यक्तिको पहिचान गोप्य राखिएको छ। उनी जनवरी ९ मा चीनको युवानबाट नेपाल आएका थिए।
उनको रगतको नुमुना परीक्षणका लागि डब्लुएचओ कोल्यावोरेटिङ सेन्टर हङकङ (WHO collaborating center Hongkong) पठाइएको थियो। बिहीबार आएको उनको रगत परिक्षणको नजितामा उनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको हो।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्यावोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजीटीभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ।’
त्यसअघि कोराना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनलाई निगरानीमा राखिएको थियो। अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ। उनको सम्पर्कमा रहेका थप व्यक्तहरुको पनि खोजी भइरहेको मन्त्रालयले जानकारी दिएको छ। ‘ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययनहरु गरिरहेको छ। बिरामीका नजिकको सम्पर्कमा आएको हुनसक्नेहरुको खोजी गरी पहिचान र परिक्षणको काम हुँदैछ।
यस्तै हङकङबाट फर्केका थप एकजना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निगरानीमा रहेका छन्। उनी कोरोना भाइरसको संक्रमणको आशंकामा आफै अस्पताल पुगेका थिए। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका अन्य तीन जना पनि भेटिएका छन्। उनीहरुलाई पनि निगरानीमा राखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार