देशभरको मौसम सफा
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १४:३६:१५
११ माघ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा आंशिक बदली भए पनि देशभरको मौसम सामान्यतया सफा रहने छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ ।
हाल पश्चिम तराई लगायत पूर्व र मध्य तराईका केही स्थानहरुमा हुस्सु–कुहिरो लागेको मौसमविदले बताएका छन् । पूर्वी तथा पश्चिम पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।
शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पश्चिम पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको सामान्यतया सफा रहनेछ।
मौसमको अवस्था : Present Weather Status
पश्चिम तराई लगायत पूर्व र मध्य तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । पूर्वी तथा पश्चिमी पहाडी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको छ। बाकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ११ गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।
माघ १२ गते (आइतबार)
दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
माघ १३ गते (सोमबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातीः देशको मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बादली रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
पश्चिम तराई लगायत पूर्व र मध्य तराईका केही भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार