टर्कीमा शक्तिशाली भूकम्प, तापक्रम माइनस ५ डिग्री
नेपालबहस संवाददाता
माघ ११, २०७६ शनिबार १८:३२:२३
११ माघ, काठमाडौं । टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो । स्वास्थ्य मन्त्री फहरेटिन कोकाले मृत्यु भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा मृत्यु भएकोे जानकारी दिए ।
त्यसैगरी गृह मन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि गरे । उनले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो । “हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूकम्प पिडितले भने । उनीहरुका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो ।
भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार