पूर्वसांसद कार्कीको निधन
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १५:४५:३४
१२ माघ, काठमाडौं । नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज बिहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका उनी विसं २०४८ मा पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।
त्यस अघि उनी राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित भएका थिए । २०४६ सालको आन्दोलन अगाडी पंचायत सदस्य भएर पनि संसदमा प्रजातान्त्रीक आन्दोलनको पक्षमा आवाज उठाउने नेताको रुपमा उनी चर्चित व्यक्तिमध्ये नै पर्दथे ।
उनको दिउसो २ बजेदेखि ३ बजेसम्म पार्टीका शिर्ष नेताको उपस्थितिमा पशुपति आर्यघाटमा श्रद्वाञ्जली कार्यक्रम गरेर अन्त्यष्टि गरिने सम्पर्क समितिका सचिव अमृत अधिकारीले जानकारी दिए ।
सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्वप्रिय नेताका रुपमा चिरपरिचित थिए । उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले कार्कीलाई आँट र हिम्मत भएका नेताको रुपमा स्मरण गरेका छन् ।
२०४६ सालको आन्दोलनमा विद्यार्थीहरुको नेतृत्व गरेका नेता भण्डारीले तत्कालिन राष्ट्रिय पंचायत सदस्य कार्कीको स्मरण गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “प्रजातन्त्रीक आन्दोलनको विकासक्रममा बन्दुकको भरमा बोली बन्द गरिएको समयमा नेपाली जनतालाई प्रजातान्त्रीक अधिकार र न्यायका लागि सडकदेखि सदनसम्म आवाज बुलन्द गर्ने नेताको नाम हो गम्भीरजंग कार्की ।”
पाल्पा-काठमाडौं सम्पर्क समितीका उपसभापति पाण्डब पौडेलले पनि सामाजिक संजालमा लेख्दै भनेका छन् :– “प्रजातान्त्रिक आन्दोलनका योद्धा पाल्पाली जनताका जनप्रीय नेता, नेपाली कांग्रेस पाल्पाका पुर्वजिल्ला सभापती, पुर्वसांसद, लोकतान्त्रिक आन्दोलनका हिमायती कर्णप्रीय सालिन नेता, राजनीतिक मार्ग दर्शक आदरणीय गम्भीरजङ्ग कार्कीको गए राती दुई बजे काठमाडौं ग्रीनल्याण्ड स्थित उहाकै निजि निबासमा ब्राह्मलिन हुनुभएको यस दु:खद खबरले सिङ्गो नेपाली कांग्रेस पाल्पा स्तब्ध भएको छ । उहाको दिबङ्गत आत्माको चीर शान्तिको कामना गर्दै बैकुण्ठमा बास रहोस् । शोक सन्तब्त परिवारजन प्रती धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि भगवान् सङ्ग प्राथना गर्दछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार