खुर्सानीको धुलो आँखामा छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २०:३१:७
१२ माघ काठमाडौं । विभिन्न किसिममा अलौकिक वस्तुहरु आफूसँग रहेको बताउँदै त्यसलाई देखाउने र बेच्ने बहानामा खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गिरोहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ ।
महाशाखाका एसपी मुकेशकुमार सिंहका अनुसार उनीहरुले आफ्नो साथमा बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख लगायतका वस्तुहरु आफूसँग छ भनि खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गरेको अनुसन्धानमा खुल्न आएको छ ।
सो समूहले काठमाडौं भगवान पाउ बस्ने ६३ वर्षका बच्चुराम गुरुङलाई आफूसँग बल्ने ढुंगा रहेको भनेर काभ्रेस्थली लगेर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेर फरार भएका थिए ।
सोही लुटपाटको अनुसन्धानको क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमारबहादुर बुढाथोकी, तेन्जिङबहादुर तामाङ र संजित वाईवा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले कुल १८ लाख ७५ हजार नगद तथा लुटपाटका रकमबाट खरिद गरिएको मोटरसाइकल लगायतका सामान पनि बरामद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार