लागुपदार्थ लुकाइएको गाडी झुक्किएर लिलाम
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २०:५४:२२
१२ माघ एजेन्सी । थाईल्यान्डमा लागुपदार्थको प्रयोग र ओसारपसार नियन्त्रण गर्ने सरकारी निकायले ठूलो परिमाणमा लागुपदार्थ लुकाइएको एउटा गाडी झुक्किएर आफूले लिलाम गरेको पत्ता लागेपछि क्षमायाचना गरेको छ।
उक्त गाडीमा एम्फेटमीन नामक लागुपदार्थका हजारौँ चक्की थिए। गत वर्ष बरामद गरिएको होन्डा सीआर-भी मोडलको कार झन्डै १९,००० डलर मूल्यमा बेचिएको थियो। ग्यारेजमा मर्मतसम्भारका लागि लगिँदा एक मिस्त्रीले उक्त कारको बम्परमा ९४,००० वटा चक्की फेला पारे।
अधिकारीहरूले सन्दिग्ध अवस्थामा भेटिएका वस्तुको भविष्यमा राम्ररी जाँच गरिने बताएका छन्। ब्याङ्कक पोस्ट पत्रिकाले अफिस अफ नार्कोटिक्स कन्ट्रोल बोर्डका महासचिव नियम तेम्स्रिसुखलाई उद्धृत गर्दै नियमानुसार उक्त गाडीको पनि खानतलासी गरिएको तर त्यतिबेला उक्त लागुऔषध फेला नपरेको जनाएको छ।
एम्फेटमीन र क्याफीन मिसाएर बनाइएको ‘याबा’ नामक लागुपदार्थका चक्कीहरू बम्परपछाडि बाकसहरूमा थिए। गत वर्ष चियङ राई प्रान्तमा बरामद उक्त गाडीभित्र एक लाखवटा त्यस्ता चक्की भेटिएको थियो।
अधिकारीहरूका अनुसार अहिले फेला परेका चक्की सो मुद्दाको दसीका रूपमा रहनेछन्। तेम्स्रिसुखका अनुसार गाडी किन्ने व्यक्ति र मिस्त्रीलाई पुरस्कृत गरिनेछ। उक्त लागुपदार्थ म्यान्मारबाट थाईल्यान्ड तस्करी हुन्छ। रातो वा गुलाफी रङ्गमा उपलब्ध हुने चक्कीहरू सस्तो मूल्यमा बेचिन्छ। थाई अधिकारीहरूले सन् २०१८ मा ५१ करोड ६० लाखवटा त्यस्ता चक्की जफत गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार