उपसभामुख राजपालाई
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार २२:६:५६
१२ माघ काठमाडौं । उपसभामुख पदका लागि सत्तासँग सति जान तयार भएका नेपाली कांग्रेसका नेतालाई नेकपाले लोप्पा ख्वाउने भएको छ । सत्तारुढ नेकपाले उपसभामुख सत्ता साझेदार हुन लागेको राष्ट्रिय जनता दललाई दिने निधो गरेका छन् । आज बिहान प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेका दुई अध्यक्षले उपसभामुख राजपालाई दिंदा पार्टीलाई फाइदा पुग्ने निश्कर्ष निकालेका हुन् ।
यसअघि उपसभामुख पद प्राप्तिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबै अध्यक्षसँग बिन्ती बिसाएका थिए । तर कम्युनिष्ट नेताहरुले कांग्रेसका नेताहरुलाई मज्जैले थाङ्नामा सुताइ दिएका छन् । नेकपाले भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा राजपासँग गठबन्धन बनाएर प्रदेश २ बाट पनि दुई सिट हत्याएको थियो ।
यसअघि सत्ता साझेदार रहेको समाजवादी फोरमलाई सत्ताबाट गलहत्याएर राजपासँग हिमचिम बढाएको नेकपाले उपसभामुख दिनु स्वभाविक मानिएको छ । तर जनताको अभिमत विपरित सत्ता राजनीतिमा चुर्लुम्म डुबेका देउवाका लागि भने यो निर्णयले बिचलित बनाउन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार