भारतमा गणतन्त्र दिवस सम्पन्न, भारतीय सेनाद्धारा भव्य सैन्य प्रदर्शन
नेपालबहस संवाददाता
माघ १२, २०७६ सोमबार ४:५४:४६
१२ माघ एजेन्सी । भारतले आइतबार आफ्नो ७१ औँ गणतन्त्र दिवस मनाएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा भारतले यस वर्ष ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोलाई बोलाएको छ ।
गणतन्त्र दिवसका अवसरमा भारतीय सेनाले भव्य सैन्य प्रदर्शन गरेको थियो । उक्त अवसरमा विगतमा भारतले प्रयोग गरेका विविध सांस्कृतिक, ऐतिहासिक र रणनीतिक महत्वका हतियारसमेत राजपथमा प्रदर्शन गरिएको थियो ।औपचारिक समारोह राष्ट्रिय युद्ध स्मारकमा पुगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शहीदहरूप्रति सम्मान गरेपछि सुरू गरिएको थियो । भारतको गणतन्त्र दिवसमा ब्राजिलियाली राष्ट्रपतिले प्रमुख आतिथ्यता गरेको यो तेस्रो अवसर हो ।
गणतन्त्र दिवसका अवसरमा भारत सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार विभिन्न व्यक्तिलाई पद्म पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार बेलुका राष्ट्रपति रामनाथ कोविन्दले १४१ पद्म पुरस्कारलाई अनुमोदन गरेका छन् ।
यसमा सात पद्म विभूषण, १६ पद्म भूषण र ११८ पद्म श्री सम्मान रहेका छन् । यो वर्ष ३३ महिलाले पद्म पुरस्कार पाउने भएका छन् । यस्तै १८ जना गैर–भारतीय सम्मानित हुँदैछन् भने १२ जनालाई मरणोपरान्त सम्मानित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार