आज नवनिर्वाचित सभामुख सापकोटाको शपथ ग्रहण !
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १४:०:१६
१३ माघ काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सोमबार आज ११ बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संघीय संसदमा जानकारी दिए।
सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। उनी निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयले राष्ट्रपतिको कार्यालयलाई आइतबार दिउँसो साढे ४ बजे जानकारी गराएको थियो । संसद सचिवालयको पत्र प्राप्त गरेपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम सोमबार ११ बजेका लागि तय गरेको छ । सापकोटाले सभामुख पदको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको सचिव योगीले जानकारी दिए ।
सभामुखको पदभार ग्रहण गर्ने क्रममा प्रमाणीकरण गर्न बाँकी पाँच विधेयकमध्ये कुनैमा हस्ताक्षर गर्ने कि सदनमा पठाउनुपर्ने विधेयकमा हस्ताक्षर गर्ने भन्ने टुंगो लागिसकेको छैन । सभामुखले प्रमाणीकरण गर्न बाँकी रहँदा राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएर आएका पाँच विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन बाँकी छ । संसदको चौथो अधिवेशनमा नै पारित भएका विधेयक तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोपमा राजीनामा दिएपछि प्रमाणीकरण हुन सकेका थिएनन् ।
प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भूमि सम्बन्धी आठौँ संशोधन विधेयक र औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण हुन सकेका छैनन् ।
हालैमात्र संसद सचिवालयमा दर्ता भएका विधेयकलाई संसद बैठकमा पठाउने निर्णयमा सभामुखबाट हस्ताक्षर गराएर पदभार गराउने कि भन्ने छलफलमा पनि संसद सचिवालय रहेको छ । सोमबार नै उहालाई सभामुख बनाउन नहुने भनी सर्वोच्चमा परेको रिटको पेशी तोकिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार