लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १४:५२:४२
१३ माघ सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिका लागि विपद् व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले लागुऔषध कारोवार तथा प्रयोगमा पूर्ण निषेध गरिने बताए ।
मदिराको खुला कारोवारले घरेलु हिंसाजन्य अपराध बढाएको भन्दै मन्त्री भण्डारीले विक्रेता र सेवनकर्ताको लागि निश्चित मापदण्ड बनाउने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गरे। “प्रदेश सरकारले प्रदेश प्रहरी गठन भइसकेपछि यसलाई अभियानकै रुपमा स्थानीय तहसम्म लैजाने सोच बनाएको छ”, उनले भने, “लागुऔषध कारोवार नियन्त्रण तथा प्रयोगकर्तालाई सुधार गर्न नसके युवामा सामाजिक विकृति निम्तिनसक्छ, त्यसैले स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अभियान सञ्चालन गर्नुपर्छ ।”
कार्यक्रममा कर्णालीमा विपद्को जोखिम तथा विपद् न्यूनीकरणका लागि प्रदेशले निर्माणको निर्देशिकाबारे छलफल गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार