बर्दियाको वनखेतमा हात्ती आतङ्क
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार २३:२९:३९
१३ माघ, गुलरिया। बर्दियाको ठाकुरबाबा नगरपालिका–६ वनखेत गाउँमा केही दिनयता जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ ।
हात्तीले ती गाउँमा लगाइएको बालीनाली नष्ट पार्नुका साथै सर्वसाधारणको घर भत्काउन थालेपछि स्थानीयबासी चिन्तित भएका छन् । हात्तीको डरले उनीहरू रातभर जाग्राम बस्न थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले गएराति तीन वटा घर भत्काइदिएको छ । ठाकुरबाबा नपा–६ वनखेतका चन्द्रकली आचार्यको कच्ची टिनले छाएको घर, जेगरुपी थारुको टिनले छाएको कच्ची घर र कुटु थारुको खरले छाएको कच्ची घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखिएको धानसमेत खाएर नष्ट गरेको छ ।
यसैगरी सोही गाँउका तुलाराम पौडेलको खरले छाएको भान्सा घर भत्काएर घरमा भण्डारण गरी राखिएको चामलसमेत खाएर नष्ट गरेको पीडितले बताएको छ । जङ्गली हात्तीको आतङ्कबाट करीब दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको प्रहरीको अनुमान छ ।
हात्तीले गाउँमा पसेर सर्वसाधारणको घर भत्काउन र अन्नपात खान थालेपछि अहिले त्यहाँको जनजीवन त्रसित बनेको स्थानीयवासीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार