शहीद स्मारक लिग : मच्छिन्द्र लिगको शीर्ष स्थानमा
नेपालबहस संवाददाता
माघ १३, २०७६ मंगलबार ०:५४:५२
१३ माघ काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो ।
मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरे। खेलको ३८औँ मिनेटमा रेजिनले गोल गरे । पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल ग¥यो । मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गरेका थिए ।
जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले हालसम्म नौ खेलमा छ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो ।
यस्तै थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ । लिगअन्तर्गत मङ्गलबारका खेलहरु अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।
यस्तै,,राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नवांै चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल–एपिएफ० क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् । रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए ।
खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले नौ खेलमा १४ अङ्क जोडेको छ । त्यस्तै पराजित एपिएफ ९ खेलमा ५ अङ्क जोडेर अङ्क तालीकाको १३औँ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार