होटलबाट बिक्री गदैगर्दा घरेलु मदिरा बरामद
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १५:१५:२२
१४ माघ काभ्रेपलाञ्चोक । प्रहरीले बनेपाको विभिन्न होटलबाट करीब दुई हजार ५०० लिटर घरेलु मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले सोमबार साँझ उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद गरेको हो ।
बनेपाका होटलमा अवैधरुपमा घरेलु मदिरा बिक्री गरिरहेको जानकारी पाएपछि ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत होटलको अनुगमन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताए । उनका अनुसार बरामद गरिएको होटललाई ‘आइन्दा घरेलु मदिरा बिक्री–वितरण नगर्न’ सचेत गराइएको छ ।
बरामद मदिरा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बनेपा नगरपालिका–५ चप्लेटीमा नष्ट गरिएको छ । प्रनि तिमल्सिनाले बनेपा नगरलाई घरेलु मदिरामुक्त बनाउन अनुगमनलाई तीव्रता दिइने बताए । यसैगरी बनेपामा सुरक्षा एवं अवैध सामग्री बिक्रीवितरमा प्रहरीले निगरानी बढाएको छ । प्रहरीले गतसाता बनेपा बसपार्क र चाँदनीचोकस्थित मोबाइल पसलबाट राजश्व छलिएका ३० थान ब्राण्डेड मोबाइल सेट बरामद गरी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।
“विनादर्ता पसलमा राजश्व छलेका मोबाइल विक्री भइहेको सूचना प्राप्त भएको छ, यसमा विशेष निगरानी बढाएका छौँ”, प्रनि तिमल्सिनाले भने । उनका अनुसार बनेपा राजधानी भित्र्याइने राजश्व छलेका मोबाइल सेटको एउटा ‘ट्रान्जिट प्वाइन्ट’ नै पाएपछि निगरानी बढाएर पसल सञ्चालकलाई खरीद–बिक्रीको बिलबिजक साथमै राख्न आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार