आईपीएल २०२० फाइनल खेल मुम्बईमा हुने
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १६:३३:४९
१४ माघ काठमाडौं । इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटको १३औँ सिजन आउँदो मार्च २९ तारिखदेखि सुरु हुँदैछ । फाइनल खेल मे २४ मा हुने छ ।
आईपीएलको खेल समयमा कुनै पनि परिवर्तन भएको छैन । झण्डै सबैजसो खेल राति ८ बजे देखि नै सुरु हुने जनाइएको छ । यस सिजनको आईपीएलमा पाँच दिन मात्रै दैनिक दुई वटा खेल हुने छन् । आईपीएल गभर्निङ काउन्सिलको बैठकपछि भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’ का अध्यक्ष सौरभ गांगुलीले खेलको समयमा कुनै पनि परिवर्तन नगरिएको जानकारी दिए ।
यसैगरी यो सिजनदेखि ‘कन्कशन सब्सटिच्युट’ नियम लागू हुने छ भने थर्ड एम्पाएरले नो बलमा पनि निर्णय गर्न पाउने छन् । ‘कन्कशन सब्सिच्युट’ नियम गत वर्ष एसेज टेस्टबाट लागू भएको थियो । त्यतिबेला स्टिभ स्मिथ घाइते भएपछि मार्नस लाबुशेन टिममा आएका थिए ।
गएको संस्करणको आईपीएलमा नो बलका विषयमा धेरै टिप्पणी भएपछि यस वर्षदेखि थर्ड एम्पाएरले नो बलमा निर्णय गर्न पाउने भएका हुन् । आईपीएल सुरु हुनुभन्दा तीन दिनअघि ‘अल स्टार्स गेम’ आयोजना गर्ने निर्णय पनि गरिएको छ । यसमा अन्तर्राष्ट्रिय चर्चित खेलाडीको एउटा टिम र भारतीय टिमबीच ‘शो म्याच’ हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार