गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्ड
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १७:२६:१४
१४ माघ बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तरबाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको शुरुआत गरेको हो ।
पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो बढेपछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिकै भरमा मात्र पर्दा गुणात्मक सुधारको सङ्केत देखिएन, गाउँपालिकाबाटै त्यसको निगरानी र सरोकार राख्न थालिएको छ । स्वयं आफैँ छड्के अनुगमनका लागि विद्यालय पुग्ने, पाठ्यक्रमबारे विद्यार्थीलाई सोध्ने र शिक्षकसँग कक्षाकोठामै गएर छलफल गर्ने गरेको प्रमुख गैरेले बताए ।
लगानी गरेजति प्रतिफल शिक्षामा देखिएन, कमजोरी कसको पहिलो कुरा त्यसको खोजी गर्नु नै नियमित र छड्ने अनुगमनको अभ्यास थालिएको गाउँपालिकाले जनाएको छ । हात हातमा पाठ्यपुस्तक, खेल सामग्री, गरीबी विपन्नका लागि शैक्षिक सामग्रीसहित जनप्रतिनिधि र कर्मचारी विद्यालय पुग्ने गरेका छन् ।
शिक्षण सीप, शिक्षण कला र विद्यार्थीको लगानशीलता अनि अभिभावकको निगरानी पहिलो विषय हो, यी कुरा सुधार्नका लागि नीतिगतरूपमा गाउँपालिकाले हाजिरीकार्ड र कक्षाकोठामै गएर प्रत्यक्ष अनुगमन गर्न शुरु गरिएको हो । भौतिक संरचनाको अवस्था, शिक्षक, विद्यार्थीबीचको सहकार्य, अभिभावकको जिम्मेवारी सबैको जाँच अनुगमनका क्रममा गरिने र त्यसैका आधारमा विद्यालयलाई सहयोग गर्ने गाउँपालिकाले बताएको छ ।
कुनै पनि बालबालिका विद्यालयबाट बाहिर नहुन् र गाउँपालिकास्तरको लगानी नभएर शैक्षिक गुणस्तर खस्कियो भन्ने गुनासो नसुन्ने गरी लागिपरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । विद्यालयमा हाजिरीकार्डसहित राख्ने व्यवस्था गरिएको छ । विद्यालयले बिहान नियमित कार्ड बोकेर आउने र बेलुका विद्यालय बिदापछि कार्ड आफैले लिएर आउने गरिएको छ । बीचमा भाग्नेलाई र नियमित नआउने विद्यार्थीलाई रातोको सङ्केतबाट आवश्यक कारवाही गर्ने गरिएको सरस्वती माविका प्रअ पवनकुमार रोकायाले जानकारी दिए ।
गाउँपालिकामा शुरुआतस्वरुप सरस्वती माविबाटै हाजिरी कार्डको अभ्यास गरिएको छ । खाजा खाने समयपछि भागेर जाने, कक्षा सञ्चालनको बीचमा पनि विद्यालयभित्र आउने, नियमित नआउनेजस्ता समस्या बढेलगत्तै हाजिरी कार्ड शुरु गरिएको हो ।
हाजिरी कार्डपछि विद्यार्थी लाइनमै सबैका अगाडि भागेर गएको, नियमित नआएकोजस्ता कुरा सुन्नुपर्ने भएपछि निरन्तरता बढेको विद्यालयले बताएको छ । गाउँपालिकाले सबै विद्यालयमा राख्ने र विद्यार्थीलाई पनि नियमित आए÷नआएको आधारमा गाउँपालिकाले दिने सुविधामा थपघट गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै कक्षाकोठामा पुगेर सोधपुछ गर्न थालेपछि अभिभावक पनि सक्रिय देखिन थालेका छन् भने शिक्षक पनि चनाखो बनेर पाठ योजनासहित कक्षामा उपस्थित हुने गरेका छन् । गाउँपालिकाले शतप्रतिशत भर्ना र गुणात्मक शैक्षिक उपलब्धि नारा नै लिएर अघि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार