भ्रष्टाचार शीरोमणि ओली
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १९:८:३३
१४ माघ काठमाडौं । सुशासन र भ्रष्टारमुक्त नेपाल निर्माण गर्ने नाराका साथ सत्ता हत्याएको खड्गप्रसाद ओली सरकारको कार्यशैली र व्यावहारले ती सबै नाटक मात्रै भएको पुष्टी गरेको छ । मुलुकमा हालीमुहाली गर्न पाउने जनमत प्राप्त सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको पछिल्ला गतिविधिले जनतामा निराशा मात्र नभई भयानक आक्रोश समेत थपेको छ ।
देश र जनताको भन्दा व्यक्तिगत स्वार्थमा नेकपाका शीर्ष नेताहरुको ध्यान केन्द्रित भएका छन् । जनतासँग गरिएका कुनै पनि पूर्व वाचा पूरा गर्ने तत्परता नेकपाले गरेको छैन । बरु पाएसम्म लुटतन्त्र मच्चाउने अभियानमा लिप्त छ । मुलकमा सुशासन र भ्रष्टाचार शून्य भन्ने ओलीका नारा फगत गफ भएका छन् । बरु ओली सत्तामा गएपछि इतिहासमै नभएका भ्रष्टाचारी काण्डहरुको कीर्तिमानी थपिएको छ ।
नियम कानून र परम्परालाई पूर्णत तिलाञ्जली दिएर राष्ट्रिय सम्पतिको चरम दोहन गर्नु ओली सरकारको एक मात्र अभिष्ट बनेको छ । जब जब ओली सत्तामा पुग्छन् । राज्यको सम्पतिलाई ‘उल्फाको धन फुपुको श्राद्ध’ जस्तो बनाउने गरेका छन् । जनताको धनमा लुटतन्त्र चलाउँदा समेत जनता टुलु टुलु हेरेर बस्न वाध्य छन् । प्रतिपक्षी दलको घर झगडा र कमजोर प्रस्तुतिले ओली सरकारलाई बाँदरलाई लिस्नू भने जस्तो छ ।
भ्रष्टाचारको कुरा गर्ने हो भने नेपालको इतिहासमै नभएको भ्रष्टाचार ओली सरकारले गरेको छ । नीतिगत भ्रष्टाचारको आकार हेर्ने हो भने मूर्छा पर्ने आँकडा देख्न सकिन्छ । आफूलाई जनपक्षीय दावी गर्ने ओली सरकारले विगत पञ्चायत कालमा समेत गर्न नसकेको भ्रष्टाचारको नयाँ कीर्तिमान कायम गरिदिएका छन् ।
राजा वीरेन्द्रको बंश नाश भएपछि सरकारले उनको सम्पति नेपाल ट्रष्ट बनाएर सरकारीकरण गर्यो । तर ओलीका लागि भने त्यो सम्पति निजी स्वार्थ पूर्ति गर्ने साधनका रुपमा प्रयोग हुन थालेको छ । वीरेन्द्रको निजी सम्पतिका रुपमा रहेको गोकर्ण रिसोर्टदेखि पाथीभराको जग्गा समेत यति समूहलाई कौडीको भाउमा दिएर ओलीले नीतिगत भ्रष्टाचार गरेको जगजाहेर छ ।
ओलीले मन्त्रिपरिषदको आडमा निर्णय गराएर राज्यको सम्पतिको चरम दोहन गरेका छन् । उनको निर्णय बिगतका राजा महाराजाले गरको हुकुमी निर्णयलाई समेत माथ गर्ने खालको छ । गोकर्ण रिसोर्टको ६ बर्ष अवधि पूरा नहुँदै अहिले नै लिजको म्याद थप गर्नुको औचित्य कतैबाट पनि पुष्टी हुन सकेको छैन । तर उनले यस्तो निर्णय गरी छाडे । त्यही यति समूहलाई राजदरबार अघिल्तिरको दक्षिणी ढोका निर विशाल भवन बनाउन जमीन दिइएको छ ।
अहिले भवन धमाधम बन्दै छ । यति मात्र होइन, नारायणहिटी दरबार भित्रकै लमजुङ बैठक पनि यति समूहलाई रेष्टुराँ चलाउन दिने निर्णय भइसकेको छ । यसैगरी राजा वीरेन्द्रकै निजी सम्पतिका रुपमा रहेको पोखराको रत्न मन्दिर, चितवनको दियालो बंगला पनि यति समूहलाई जिम्मा लगाउने निर्णय भएको छ । यो भन्दा ठूलो भ्रष्टाचार के हुन सक्ला ? सरकारी निकायमा बिराजमान पदाधिकारीले घूस मागेको खुलेआम आरोप लाग्दा समेत कोही बोल्दैनन् ।
प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सबैभन्दा विश्वासिला एक जना मेडिकल माफियाले सरकारी पदाधिकारीले कलेजको सम्बन्धन माग्दा २० करोड रुपियाँ घूस मागेको कुरा पत्रकार सम्मेलन नै गरेर उदाङ्गो पारे । त्यसमा पनि मन्त्री र पार्टीका ठूलै नेतालाई दिनु पर्छ भन्ने कुरा सार्वजनिक गरे । तर त्यसमा कोही पनि प्रतिक्रृया दिंदैनन् । झापाको विर्तामोढमा बी एण्ड सी मेडिकल कलेज सञ्चालन गर्ने दुर्गा प्रसाईंले हाक्का हाक्की यी कुरा बोले ।
मेडिकल काउन्सिलका उपाध्यक्ष श्रीकृष्ण गिरीले सम्वन्धन प्रकृया अघि बढाउन २० करोड मागेको उनले बताए । उक्त रकम शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र नेता नारायणकाजी श्रेष्ठलाई बुझाउनु पर्ने भन्ने गिरीको भनाई रहेको दावी प्रसाईंले गरे । यस्तो गम्भिर आरोप लाग्दा समेत न त मन्त्री पोखरेलले कुनै प्रतिकृया जनाए न नेता नारायणकाजीको कुनै बोली फुट्यो । यसको अर्थ मौनम् सम्मति लक्षणम् नै भन्ने बुझ्नु पर्ने हुन्छ ।
प्रसाईंले प्रमाणसहित आरोप लगाउँदा समेत प्रधानमन्त्री ओलीले कुनै चासो दिएनन् । यसको अर्थ लगाउनेले राम्रैसँग बुझेका छन् । मार्सी चामलको भात ख्वाएर राष्ट्रिय चर्चामा आएका प्रसाईं चानचुने मानिस पक्कै होइनन् । तर यसमा अख्तियार अनुसन्धान आयोगको समेत ध्यान पुग्न सकेको देखिएन । आखिर किन त ? प्रश्न स्वभाविक रुपले उठ्छ नै ।
जानकार भन्छन् ओली नै यसका संरक्षक भएपछि अैरे गैरे नथ्थु खैरेको के मजाल । नेपाली जनताले यी घटनालाई अहिले टुलुटुलु हेर्नु पर्ने वाध्यता छ । किनभने प्रतिपक्षी दल कमजोर छ । नेपाली काँग्रेस जनताका सवाल उठाउनु भन्दा आन्तरिक घर झगडा र भागवाण्डामै रमाएको अवस्था छ । त्यसैले पनि सरकारलाई मनपर्दी गर्न छुट मिलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार