प्रहरीमा खापुङ आतंक
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार २१:५६:३४
१४ माघ, काठमाडौं । यदि प्रहरी प्रशासनको साँचो कोसँग हुन्छ भन्ने प्रश्न गर्ने हो भने स्वभाविक उत्तर आउँछ – प्रहरी महानिरीक्षकको । अझै प्रशासनिक रुपमा यस्को उत्तर खोज्दा आउन सक्ने उत्तर हो – प्रधानमन्त्री, गृहमन्त्री वा गृह सचिवसम्म ।
तर, प्रहरी प्रशानसको पछिल्लो अवस्थाले माथिको उत्तर गलत सावित गरि दिन्छ । यतिबेला एकजना एसपी अर्थात प्रहरी उपरीक्षकले नै समग्र प्रहरी संगठन चलाएको चर्चा प्रहरी हेडक्वार्टरमा व्याप्त छ । ती शक्तिशाली एसपी हुन्– चन्द्रकुबेर खापुङ ।
पूर्वी पहाडी जिल्ला तेह्रथुम घर भई २०५२/७/२७ मा बैकल्पिक सुचीबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका प्र. उ. खापुङ बरियताको क्रममा ३५ औं नम्बरमा रहेता पनि उतरार्धको रुपमा रहेका गृह सचिव प्रेमकुमार राईको दौराको फेरो समातेर बढुवा हुन खोजेका छन् । हाल कर्मचारी प्रशासन शाखामा कार्यरत खापुङ प्रहरी संगठनलाई नै नचाउन अग्रसर भएका छन् । कर्मचारी प्रशासन महाशाखामा रहेको बेला उनले पदको चरम दुरुपयोग गरिरहेकाे स्राेतकाे दावी छ ।
२०६५ सालमा चापागाउँ प्रहरी बृत प्रमुख हुँदा प्रहरी कार्यलयमा भएकाे ढुङामुडा काण्ड छिपेकाे विषय हाेइन । उनले देखाएको व्यावहारबाट समग्र प्रहरी संगठनकै शीर निहुरिएको थियो । केटाकेटी भागेर वीरगजंसम्म पुग्दा पनि खोजतलास गर्न नसक्नु लज्जाजन विषय बनेकाे थियाे ।
प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको कार्यकाल भरि नै उनले बढुवा प्रकृया रोक्ने दाउपेच लगाए । यही माघ २८ मा खनाल आफ्नो ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त हुँदै छन् । प्रहरी संगठन भित्र राजनीतिक प्रभाव पार्न खापुङ सधैं सकृय रहने गरेको उनको विगतले पुष्टी गर्छ । ०५२ सालमा एमालेको अल्पमत सरकारका बेला बैकल्पिक सूचिबाट प्रहरी निरीक्षकका रुपमा संगठनमा छिरेका उनको क्षमता भने ज्यादै कमजोर रहेको छ ।
खापुङ गृह सचिव राई मार्फत संगठनमा प्रभाव जमाउन सफल भएका हुन् । पूर्व एमाले कार्यकर्ताका रुपमा रहेका उनी बाम नेताका घर–घर धाउनेमा अग्रस्थानमा रहेको उनकै सहकर्मीहरु बताउँछन् । यसबाट प्रहरीको वर्दीमै दाग लगाएको भन्दै संगठन भित्र आलोचना हुने गरेको छ । तर त्यसले उनलाई कुनै असर परेको छैन । बरु धाक र रवाफ अझै बढेको देखिन्छ । अहिले खापुङ जसरी भएपनि एसएसपी हुने दाउमा छन् ।
प्रहरी महानिरीक्षक खनाल भने बरियता मिचेर खापुङलाई बढुवा गर्ने पक्षमा छैनन् । त्यसैले गर्दा खापुङले डिआइजीसम्मको सबै बढुवा प्रकृया रोकि दिएका छन् । बढुवा प्रकृया अघि नबढेसम्म उनी विवादास्पद बनेको चितवनको एसपी बन्न लागिपरेको बताइन्छ ।
तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको अंग रक्षकका रुपमा पुग्न सफल भएका थिए । विवादास्पद छविका खापुङले समाजबाट अपराध घटाउनेतिर कम बरु अपराधीसँग बढी सम्वन्ध जोड्ने गरेका छन् । पाँच वर्ष अघि काठमाडौंको दरबार मार्गस्थित प्रहरी प्रभाग प्रमुख रहँदा उनको अपराधीसँग बढेको हिमचिमले प्रहरी संगठनमा खुबै चर्चा पाएको थियो ।
साथै प्रहरी महानिरीक्षकले गर्न लागेको सरुवा बढुवा लगायत स साना कुरा पनि उनी गृह सचिव राई समक्ष पुर्याएर चाकरी बजाउन खप्पिस छन् । जसले गर्दा प्रहरी संगठन भित्र अहिले खापुङको चर्चा व्यापक छ । गृह सचिव राईको तलुवा चाट्ने उनी सबैभन्दा शक्तिशाली देखिएका छन् ।
प्रहरीमा कार्यलय व्यबस्थापन र फिल्ड व्यबस्थापन दुईवटा पाटा रहेका हुन्छन् । पहिलो प्रशासनिक रुपमा कार्यालयको व्यवस्थापन र अर्काे फिल्ड व्यवस्थापन । तर यी दुबै व्यवस्थापनमा खापुङ ज्यादै कमजोर देखिन्छन् । कार्यालय व्यवस्थापका लागि उनी वाम नेताहरुको घर चाहर्न चाहिं माहिर छन् ।
उनकाे काम गर्ने शैली निकै कमजोर रहेको छ । फिल्ड व्यवस्थापनमा समेत उनको दक्षता शून्य रहेको संगठनका सबै हाकीमहरुलाई ज्ञात छ । उनकाे कार्यलय व्यबस्थापन भनेको पुर्व एमाले नेताहरुको चाकरी छ भने फिल्ड व्यबस्थापन भने शून्य छ । बिगतदेखि कै फिल्ड अनुभवहेर्ने हो भनेपनि उनी सक्षम् प्रहरी अधिकृत हाेइनन् ।
२०६५ सालमा चापागाउँ प्रहरी बृत प्रमुख हुँदा प्रहरी कार्यलयमा भएकाे ढुङामुडा काण्ड छिपेकाे विषय हाेइन । उनले देखाएको व्यावहारबाट समग्र प्रहरी संगठनकै शीर निहुरिएको थियो । केटाकेटी भागेर वीरगजंसम्म पुग्दा पनि खोजतलास गर्न नसक्नु लज्जाजन विषय बनेकाे थियाे । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि ललितपुरका परिसरका तत्कालिन प्र.ना.उ वसन्त बाहादुर कुँवरले सम्हालेका थिए ।
गृह सचिव राईको कार्यकाल पनि यही माघ २२ गते सकिने भएपछि खापुङ गृहमन्त्रीका छोरा प्रतीक थापा मार्फत मन्त्रीज्युसगँ सम्बन्ध बढाउन खाेजिरहेकाे समाचार सुत्रकाे दावी छ । उनले बेलाबेलामा रात्री भोजसमेत खाने र खुवाउने क्रमलाई बाक्लाे बनाउँदै लगेका छन् ।
प्रहरी संगठनमा कार्य सम्पादनमा असफल भएका खापुङले राजनीतिक पहुँचको प्रयोग गरी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको अंग रक्षकका रुपमा पुग्न सफल भएका थिए । विवादास्पद छविका खापुङले समाजबाट अपराध घटाउनेतिर कम बरु अपराधीसँग बढी सम्वन्ध जोड्ने गरेका छन् । पाँच वर्ष अघि काठमाडौंको दरबार मार्गस्थित प्रहरी प्रभाग प्रमुख रहँदा उनको अपराधीसँग बढेको हिमचिमले प्रहरी संगठनमा खुबै चर्चा पाएको थियो ।
दरबारमार्गमा प्र.ना.उ. हुँदा अपराधिक व्यक्तिहरुसगं उठबस भएपछि त्यो थाहा पाएर तत्तकालिन आईजीसाहेब उपेन्द्रकान्त अर्यालले नसहियत दिएका थिए । पछिल्लो पटक उनले राजनीतिक रुपमा आफूलाई विवादित बनाएको घटना २०७४ सालको निर्वाचन ताका थियो ।
संसदीय चुनाबमा गलत व्यबस्थापनको कारणले जताजतै बम विस्फोट भएको र कांग्रेसका उम्मेद्वार चम्पादेबी खड्काको घरमा बम विस्फोट हुँदासमेत थाहा नपाउने नालायक प्र.उ. लाई राख्नु हुँदैन भनेर प्र.उ दिपक रेग्मीलाई पठाईएको थियो । सबै सरुवाको लिष्ट गृहसचिवलाई देखाउने गरेको र उत्तैबाट आदेश गराउने काम गरिरहेकाे स्राेतकाे दावी छ । कहिल्यै सुध्रिएने खापुङ भने राजनीतिक पहुँचको आडमा अहिले पनि मनपरी गरिरहेका छन् ।
उता गृह सचिव राईको कार्यकाल पनि यही माघ २२ गते सकिने भएपछि खापुङ गृहमन्त्रीका छोरा प्रतीक थापा मार्फत मन्त्रीज्युसगँ सम्बन्ध बढाउन खाेजिरहेकाे समाचार सुत्रकाे दावी छ । उनले बेलाबेलामा रात्री भोजसमेत खाने र खुवाउने क्रमलाई बाक्लाे बनाउँदै लगेका छन् ।
वर्तमान प्रहरी माहानिरीक्षकसगँ राम्रो सम्बन्ध नरहेका उनले अमेरिका निवासी नेपाली राधाकृष्ण देउजालाई पैसाकाे प्रभावमा पारी सामाजिकसजांल मार्फत अफवाह फैलाउन लगिपरेका छन् । बढुवा सुचिमा रहेका, फिल्ड र अफिस व्यबस्थापनमा सक्षम रहेका तर उनले मन नपराउने प्रहरी क्रमचारीहरुको लिष्टमा उल्टो चिन्ह लगाउदै मन्त्रालयमा बुझाउने गरेको तथ्य समेत खुल्न पुगेकाे छ । हाल बढुवामा नपर्ने डर भएर नै हाेला उनी जि.प्र.का चितवन जान पनि कसरत गरिरहेका छन् ।
निश्चित समूह बनाई पैसा असुलि गर्ने बानी परेका उनले सरुवा बढुवामा आर्थिक लेनदेन गर्न समेत उनी पछि नपर्ने प्रहरी भएकाे निकटस्थहरू बताउँछन् । यो काममा उनले गृह सचिव राईको साथ र समर्थन पाएका छन् । आफू एसएसपीमा बढुवाको संभाव्य उमेदवार नभएसम्म अर्थात तीन वर्ष नपुगेसम्म उनले प्रहरीको वढुवा प्रकृया नै रोकि दिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार