इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस
Advertisement

१४ माघ काठमाडौं । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको छ । मंगलबार गरिएको तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् । घटनालगत्तै पटक–पटक खबर गर्दासमेत प्रहरी आएर कारबाही अघि नबढाएकाले क्षतिको विवरण थाहा हुन नसकेको क्याम्पस प्रमुख रामप्रसाद गुरागाइँले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामालगायतका १८ बुँदे माग गर्दै ५० दिनदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्