ए डिभिजन लिग–सङ्कटामाथि मनाङको जित
नेपालबहस संवाददाता
माघ १५, २०७६ बिहिबार ३:४७:६
१५ माघ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा ‘अखिल नेपाल फुटबल सङ्घ’ कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा मनाङले सङ्कटालाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
मनाङले खेलको ४२औँ मिनेटमा सङ्कटाका खेलाडी अमित तामाङको आत्मघाती गोलबाट शुरुआती अग्रता बनायो । अञ्जन विष्टको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाएका थिए । अमितले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै मनाङका अञ्जन विष्टले एक गोल थपे । उनले खेलको ४३औँ मिनेटमा गोल गरेका थिए ।
त्यसैगरी मनाङका अर्का खेलाडी निशान लिम्बूले खेलको ७१आँै मिनेटमा गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए । खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए । लिगमा नवौँ खेल खेलेको मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । मनाङले जारी लिगमा १९ अङ्क जोड्दै अङ्क तालिको तेस्रो स्थानमा ।
त्यस्तै समान नवौँ खेल खेलेको सङ्कटाको १२ अङ्क रहेको छ । सङ्कटा अङ्क तालिकाको आठौँ स्थानमा छ । बिहीबारको पहिलो खेलमा फ्रेण्डस क्लब र च्यासल युथ क्लबवीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम ‘एनआरटी’ले बिग्रेड ब्वाइज क्लबको सामना गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रपति रनिङ शिल्डमा पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
बैशाख ४, २०८१ मंगलबार
मंगलबारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार