२ अर्ब नजिक कारोवार हुँदा आज बीमाको दिन, अबको प्रतिरोध कहाँ ?
आर्थिक संवाददाता
माघ १६, २०७६ बिहिबार २२:१२:२६
१६ माघ, काठमाडाैं । बीमा कम्पनी र वाणिज्य बैंकमा आएको आक्रामक खरिद संगै साताको अन्तिम दिन बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १९ दशमलव ५१ ले वृद्धि हुँदै १३२५ दशमलव ३८ को विन्दुमा बजार बन्द भएको छ । दोश्रो बजार १ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । कारोवार रकमपनि वृद्धि हुँदै २ अर्ब नजिक पुगेको छ । आज १ अर्ब ९६ करोडको शेयर कारोवार भएको छ । आज १७८ कम्पनीका ४६ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सर्वाधिक कारोवार हुने ५ कम्पनीको सूचीमा सबै जीवन बीमा कम्पनीहरु रहेका छन् ।
आज ट्रेडिङ्ग बाहेक सम्पूर्ण उपसुचकम वृद्धि देखिएको छ। आज ट्रेडिङ्ग उपसुचकमा १ दशमलव ९१ प्रतिशतको गिरावट देखिएको छ । निर्जीवन बीमा उपसुचकमा सर्वाधिक ३ दशमलव ९६ प्रतिशतको वृद्धि देखिएको छ भने जीवन बीमा उपसुचकमा २ दशमलव २८ प्रतिशतको वृद्धि देखिएको छ ।
आज बजार १३०६ दशमलव २९ को विन्दुमा खुलेको थियो भने बजारको न्यून विन्दु पनि त्यही हो । आज बजारले २ बजेर ३९ मिनेटमा उच्च विन्दु बनाएको थियो । आज बजारको उच्च विन्दु १३३२ दशमलव २९ रहेको छ । अन्तिम २० मिनेट भने बजारमा बिक्री चाप आएको थियो । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ५७ ले बढेर २८१ दशमलव ७६ मा पुगेको छ ।
आज सूर्या लाईफ इन्स्योरेन्सको शेयर सर्वाधिक ११ करोड माथिको कारोवार हुँदा एभरेस्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने हिमालयन उर्जाका शेयरधनीले सर्वाधिक ५ दशमलव ३५ प्रतिशतले गुमाए ।
हेरौ आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १३३३ पहिलो टेवा : १३१७
- आज नेप्से बढ्दो प्रवृत्तिमा रहेको र हाल १३३० को प्रतिरोधलाई सामना गरि रहेको देखिन्छ ।
- आज नेप्से परिसूचक १३२५ दशमलब ३८ को बिन्दुमा बन्द भएको छ ।
- आजको कारोबारले “बुलिस” मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा आपूर्तीभन्दा माग बढेको जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६९ दशमलब १७ को बिन्दुमा छ ।
- आरएसआईको प्रवृत्तिले आज बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
- “एडिएक्स”ले क्रेताको चाप कमजोर हँदै गएको जनाएको छ भने जोड र बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप हुन थालेको जनाएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप हुन सक्ने जानकारी गराएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३३३ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३१७ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार