सोमबार , माघ १२, २०७७

यौन जोडीका लागि जाडो मौसम उत्तम !

यौन जोडीका लागि जाडो मौसम उत्तम !

१६ माघ काठमाडौं । यौन जोडीका लागि जाडो मौसम उत्तम मानिन्छ। नेपाली समाजमा जाडोबाट बच्ने तीन उपाय अपनाउन सकिने कथनै छ। जाडोबाट बच्ने राम्रो उपाय न्यानो कपडा। दोस्रोमा आगो ताप्ने, हिटर बाल्ने तथा वातावरणकुलिन न्यानो कोठामा बसेर जाडोबाट बच्न सकिन्छ। जाडोबाट बच्ने तेस्रो विकल्प हो, यौन जोडीबीचको यौन सम्पर्क। जाडो मौसममा यौन जोडीबीच यौन क्रिडा, यौन सम्पर्कजस्ता क्रियाकलाप गर्नाले शरीर तात्ने भएकाले जाडोबाट बच्न सकिन्छ।

जाडौ मौसममा यौन सम्पर्क गर्दा यौन जोडीका लागि विशेषगरी तीन फाइदा हुन्छन्। पहिलो कुरा त ‘यौन सम्पर्कका लागि जाडो मौसम स्वस्थकर मौसम हो,’ भन्ने कुरा प्रमाणित भैसकेको छ। नेपाली समाजमा जाडो मौसममा बढी विवाह हुनुलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ।

जाडो मौसममा महिलाको प्रजनन् क्षमतासमेत मजबुत हुन्छ। यो दृष्टिले हेर्दा पनि जाडो मौसम यौन सम्पर्कका लागि उपयुक्त मौसम हो भन्न सकिन्छ। जाडो मौसममा विशेषगरी महिला प्रजनन्शील हुने भएकाले महिलामा रजश्वलाको एैठनका साथै आक्रान्त हुने समस्या कम हुन्छ। त्यसैले यो मौसममा यौनजोडीबीच यौन उन्माद हुनु स्वाभाविकै हो।

रजश्वलाको समयमा बेचैनी तथा अशान्तपनलाई शान्त गर्न यौन जोडीको अभावमा हस्तमैथुन गर्न सकिन्छ। यौन जोडी वा आफैँ हस्त मैथुन गर्न सकिन्छ। हस्तमैथुन यौनानन्द लिने स्वाभाविक पक्रिया हो। यो विर्य स्खलनको उपयुक्त मौसमसमेत हो। गर्मी मौसममा जाडो मौसमको तुलनामा पुरुषको शुक्रकिटको संख्या केही बढी र चलायमान हुन्छन्। जाडो मौसममा दिन छोटा र रात लामा हुने भएकाले यौन जोडीबीच आत्मियता, माया, प्रेम साट्नुका साथै यौन सम्पर्कका लागि प्रशस्त समय हुन्छ।

जाडो मौसमको चिसो रातमा यौन जोडी धैर्यताका साथ आनन्दले यौन क्रिडा तथा सम्पर्क गर्न रुचाउँछन्। त्यसैले जाडो मौसमलाई यौनका लागि उत्तम मौसम मानिन्छ। जाडो मौसममा काखमा बस्नु, अँगालोमा रमाउनुजस्तो स्वर्गीय आनन्द के हुन सक्छ र यौन जोडीले यस्तो अवसर पाएको अवस्थामा अवस्य स्वर्गीय आनन्द लिन सकिन्छ। संसारभर नै यौन क्रियाकलाप तथा अभद्रता प्रायः जाडो मौसममै बढी भएको पाइन्छ।

यौन सम्पर्क हुनुपूर्व मात्रै हैन। यौन सम्पर्कपछि यौन जोडीबीच अँगालोमा बस्नु विशेषगरी जाडो मौसममा आनन्दमयी हुन्छ। शरीर न्यानो र मनतातो वातारण आवश्यक हुन्छ। जाडो मौसममा अंकमाल गर्दा शरीर त न्यानो हुन्छ नै यौन जोडीबीचको आत्मियतामा अझ प्रगाढता आउँछ।

आनन्दमयी यौन सम्पर्कका कारण अक्सिटोसिन, इन्डोरफिनहरुजस्ता खुसी दिने हार्मोन निस्कासन हुन सहयोग पुग्छ। जसले व्यक्तिलाई तनाव कम गर्न सक्छ। यौन क्रियाकलाप तथा यौन सम्पर्कको क्रममा यस्ता खुसी दिने किसिमका हार्मोन बढी सक्रीय हुन्छन्। जसले यौन जोडीबीचको सम्बन्ध प्रगाढ बनाउन सहायक भूमिका खेल्छ। यौन सम्पर्कलाई आनन्द बनाउन प्राथमिक भूमिका भने यौन जोडीबीचको शरीरको गन्ध र वासनाले भूमिका खेल्छ। यौन जोडीबीचको आनन्दमयी यौन सम्पर्कले यौन जोडीबीचको तनाव तथा दबाबबाट समेत छुट्कारा दिलाउँछ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत २ हप्ता पहिले
कम्युनिष्टसँग कहिल्यै सहकार्य गर्नु हुँदैन:- कांग्रेस नेता शेखर कोइराला कम्युनिष्टसँग कहिल्यै सहकार्य गर्नु हुँदैन:- कांग्रेस नेता शेखर कोइराला ४ हप्ता पहिले
किसानको ताजा तरकारीमा बिचौलियाको चलखेल, उपभोक्ता मर्कामा किसानको ताजा तरकारीमा बिचौलियाको चलखेल, उपभोक्ता मर्कामा ३ हप्ता पहिले
जाडो छल्न झुप्रा अगाडि आङ्गनमा ‘घूर’ का चारैतिर हात ! जाडो छल्न झुप्रा अगाडि आङ्गनमा ‘घूर’ का चारैतिर हात ! १ हप्ता पहिले
रेडपाण्डा व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का रेडपाण्डा व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का ४ हप्ता पहिले
केपी ओलीको आयु सकियो : माधव नेपाल केपी ओलीको आयु सकियो : माधव नेपाल ४ हप्ता पहिले
बेलढुङ्गाकाे हिमाल र सूर्योदयले पर्यटक लोभिए बेलढुङ्गाकाे हिमाल र सूर्योदयले पर्यटक लोभिए ४ दिन पहिले
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा लगानीकर्ताको आकर्षणः माग भन्दा बढी बिक्यो, कतिले दिए आवेदन ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा लगानीकर्ताको आकर्षणः माग भन्दा बढी बिक्यो, कतिले दिए आवेदन ? १ हप्ता पहिले