शुक्रबार , कार्तिक १४, २०७७

कालीगण्डकीमाथि विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परिक्षण

कालीगण्डकीमाथि विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परिक्षण

१६ माघ पर्वत । पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकामा बिहीबार मानिसले नै पहिलोपटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बञ्जी गरेर परीक्षण गरे । बञ्जीजम्प बढी उचाइका कारण बढी रोमाञ्च भएको कार्कीले बताए ।

भोटेकोशी बञ्जी जम्पमा लामो समय काम गरेका कार्कीले उचाई बढी र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा बञ्जी गर्नुको बेग्दै आनन्द प्राप्त भएको अनुभव सुनाए । कम्पनीले व्यावसायिक रुपमा बञ्जीजम्प खेलाउने काम भने नयाँ वर्षबाट गर्ने भएको छ । “केही कामहरु बाँकी रहेका कारण व्यावसायिक रुपमा जम्प गराउने काम नयाँ वर्षबाट मात्रै गछौँ”, सञ्चालक कार्कीले भने । प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ ।

मकाउमा दुई वटा घरका बिचमा गरिने बञ्जीलाई विश्वकै अग्लो मानिएको छ । कालीगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोङ्गगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो । यो पुलमा बनेको सबैभन्दा अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग ‘स्विङ्ग’, विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने ‘स्काई साइक्लिङ’सञ्चालन गरिँदै छ । कालीगण्डकी पारी बलेवामा सुविधा सम्पन्न रिर्सोट निर्माणको काम भइरहेको छ बञ्जीजम्पमा आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट सञ्चालनको लागि संरचना निर्माण काम भइरहेको छ ।

रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइँदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरी निर्माण भइरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जनासम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३०० जनासम्म राख्न सकिने कार्कीको भनाइ छ । करिब २० करोडमा रिर्सोटसहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताए । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकलाई लक्ष्यित गरी बनाइएको बञ्जीजम्प पर्वतको चिनारी हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेकपाको लालकिल्लामा भीषण पहिरो, ४ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश नेकपाको लालकिल्लामा भीषण पहिरो, ४ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश ४ हप्ता पहिले
विश्वभर कोरोना संक्रमितको संख्या चार करोड २० लाख नाघ्यो विश्वभर कोरोना संक्रमितको संख्या चार करोड २० लाख नाघ्यो ६ दिन पहिले
हुलाक मार्फत अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले गरे मतदान हुलाक मार्फत अमेरिकी राष्ट्रपतिका लागि ४० लाखले गरे मतदान ३ हप्ता पहिले
कोरोना बीमा गराएका संक्रमितले कहिले पाउलान् भुक्तानी ? कोरोना बीमा गराएका संक्रमितले कहिले पाउलान् भुक्तानी ? ३ हप्ता पहिले
यमुना द्रुतमार्गबाट भारतीय कांग्रेसका दुई शीर्ष नेता गिरफ्तार यमुना द्रुतमार्गबाट भारतीय कांग्रेसका दुई शीर्ष नेता गिरफ्तार ४ हप्ता पहिले
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने, मिलेमतो गर्नेलाई तीन वर्ष कैद गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने, मिलेमतो गर्नेलाई तीन वर्ष कैद ४ हप्ता पहिले
एकैदिन २७२२ जनालाई कोरोना, उपत्यकामा १६३८ संक्रमित ! एकैदिन २७२२ जनालाई कोरोना, उपत्यकामा १६३८ संक्रमित ! ४ हप्ता पहिले
सरकारी अधिकारीको स्पष्टोक्ति:- यो वर्ष परीक्षा नभई मूल्याङ्कनबाट मात्र विद्यार्थीलाई कक्षा चढाइने सरकारी अधिकारीको स्पष्टोक्ति:- यो वर्ष परीक्षा नभई मूल्याङ्कनबाट मात्र विद्यार्थीलाई कक्षा चढाइने २ हप्ता पहिले