टिपरको ठक्करबाट घाइते महिलालाई ब्याक गरेर हत्या
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २३:२:४०
१७ माघ, काठमाडौं । गोरखा नगरपालिका १० छेवेटारमा सञ्चालित एक क्रसर उद्योगको परिसरमा टिपरले किच्दा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान दुध बेच्न हिँडेकी ५२ वर्षीया मनमाया तामाङको गोरखकाली क्रसर उद्योगको परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा ज्यान गएको हो । मनमाया तामाङका आफन्त र छिमेकीले अवैध क्रसर बन्द हुनुपर्ने माग राखेर आन्दोलन गरेपछि गोरखा नगरपालिकास्थित छेवेटार क्षेत्र तनावग्रस्त बनेको छ ।
स्थानीय र आफन्तले पीडित परिवारलाई ५० लाख क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र क्रसर उद्योग बन्द गराउनु पर्ने माग राखेका छन् । स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने नेतृत्वको टोली र पीडित पक्षबीच छलफल भए पनि बिना निर्ष्कष टुङ्गीएको छ । प्रत्यक्षदर्शीले टिपरको ठक्करबाट घाइते महिलालाई ब्याक गरेर हत्या गरेको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते
चैत १४, २०८० बुधबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार