ढोरपाटन महिला भलिबल : एपिएफ र डायमन्ड लगातार विजयी
नेपालबहस संवाददाता
माघ १७, २०७६ शनिबार २:४६:०
१७ माघ काठमाडौं । पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमा तथा न्यू डायमन्डले चुली क्लबलाई ३–१ सेटमा पराजित गरेको हो । एपिएफले आर्मीलाई २५–२२, २५–२२ र २५–१७ अङ्कले हराएको हो । एपिएफ लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि एपिएफले पहिलो खेलमा चुली युवा क्लबलाई ३–० सेटले हराएको थियो ।
अर्को खेलमा न्यू डायमन्डले चुली क्लबलाई २५–१२, २५–१७ र २५–६ अङ्कले पराजित ग¥यो । डायमन्डको पनि यो लगातार दोस्रो जीत हो । यसअघि डायमन्डले पहिलो खेलमा पारा माउन्टलाई ३–१ सेटले हराएको थियो । यसैगरी आयोजक ढोरपाटन स्पोर्टस क्लबले खेलेको दुईवटै खेल जितेको छ । पहिलो खेलमा ढोरपाटनले सेब स्कुललाई २५–१७, २५–२१ र २५–६ अङ्कले पराजित ग¥यो भने दोस्रो खेलमा चुली युवा क्लबलाई २६–२४, २५–१७ र २५–२१ अङ्कले हरायो ।
यस्तै नेपाल पुलिस क्लबले सेब स्कुललाई २५–११, २५–१४ र २५–११ अङ्कले पराजित ग¥यो भने आजै भएको अर्को खेलमा बुलबुले रारा क्लबले पारा माउन्टलाई २५–१२, २५–१६ र २५–१५ अङ्कले हरायो । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा भएको सो प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार, उपविजेताले रु दुई लाख पाँच हजार, तेस्रो हुनेले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँ हुनेले रु ५५ हजार, छैटौंँ हुनेले रु ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र प्लेयर अफ दी सिरिज हुनेले स्कुटर प्राप्त गर्नेछन् । यस्तै एक दर्शक र ग्रेट अचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार