शिक्षाको गुणस्तरले मात्र देश समृद्ध बन्छ : विश्वराज पोखरेल
नेपालबहस संवाददाता
माघ १८, २०७६ आइतबार ४:१०:३४
१८ माघ काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा नेपाल प्रहरी बिद्यालय सामाखुशीको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोही बिद्यालयमा आयोजित एक समारोह बीच शुक्रबार सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बिद्यालयको मुखपत्र “दिप्तिका २०७६” को विमोचन समेत गरे । साथै उनले खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरु, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी एवं शिक्षकहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले शिक्षाको गुणस्तरले मात्र देश समृद्ध बनाउन सकिने उल्लेख गर्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताए । विद्यार्थीहरुले भविष्यमा देश निर्माणमा अहम भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले अभिभावकहरुले विद्यार्थीको गुणस्तरिय शिक्षाको लागि आफ्नो घरमा पनि शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा तथा अबलम्बन गरेको वैज्ञानिक शिक्षण प्रणालीले आफु निकै उत्साहित भएको साथै यसै स्तरको शैक्षिक वातावरण कायम राख्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन समेत दिए ।
बिद्यालयका प्राचार्य हरिस प्रकाश भट्टले विद्यालयको बार्षिक गतिविधि एवं स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पूर्व प्राचार्यहरु, पूर्व समादेशकहरु, अभिभावकहरु समेतको उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार