नेकपा निर्णयको अन्तर्य
नेपालबहस संवाददाता
माघ २०, २०७६ सोमबार १८:४२:२४
२० माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको वहुचर्चित केन्द्रीय कमिटी बैठकलाई सहभागीहरुले भयानक उपलव्धिका रुपमा लिए । केन्द्रीय कमिटी बैठकले पार्टी नेतृत्वको हुर्मत लिएको कोणबाट बुझ्नेहरुका निम्ति साँच्चै नै ठूलो प्राप्ति पनि हो ।
बैठकले विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशनलाई संवेदनशील ढंगले लिएको सन्देश दिएपछि केन्द्रीय सदस्यहरुको बुझाई त्यस्तो रहेको देखिन्छ । थप नेताहरुको सम्पतिबारे छानबीन गर्ने विषयले समेत महत्व पाएको छ । यस्ता केही निर्णयले केन्द्रीय कमिटीको शक्ति र ओज चुलिएको अर्थमा बुझ्नेहरुलाई सजिलो बनाइ दिएको छ ।
यही माघ १७ गते सुरु भई हिजो अर्थात माघ १९ सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वय के पी ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदन पारित गरेको छ । साथै महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावसमेत पारित भएको छ ।
यसैक्रममा भएका कतिपय निर्णयले केन्द्रीय कमिटीलाई शक्तिशाली मञ्चका रुपमा उभ्याएको ठम्याई नेता कार्यकर्ता तहको रहेको छ । पाँच दिन चलेको बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णयदेखि एमसीसीबारे अध्ययन गर्न कार्य दल नै गठन गर्ने निर्णय गरेको छ ।
एमसीसीका धुरन्धर विरोधीका रुपमा चर्चित भीम रावल र असन्तुष्टी प्रकट गर्ने वरिष्ठ नेता झलनाथ खनाल रहेको तीन सदस्यीय समिति बनेकाले यसको सान्दर्भिकता सकिएको बुझाई नेता कार्यकर्ताको रहेको हुन सक्छ । यही समितिले दिएको सुझावका आधारमा निर्णय गरिने छ भन्ने सन्देश दिइएकाले समेत केन्द्रीय कमिटीको शक्तिको खूबै तारिफ हुने गरेको हो ।
पार्टी कार्यक्रमको व्यानरमा ओली र प्रचण्डको तस्बिर राखिएको विषयले पनि ठूलै चर्चा पाएको थियो । यस सन्दर्भमा कार्यकारी अध्यक्ष प्रचण्डले आइन्दा जीवित नेताहरुको तस्बिर नराख्ने उद्घोष गरेपछि केन्द्रीय सदस्यहरुले भयानक युद्ध जितेको अनुभूति गरेको भान परेको छ ।
कार्यक्रमको पहिलो दिन उद्घाटन भाषण गर्दा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले दुई घण्टा लामो प्रवचन दिएका थिए । उनले अधिकांश समय सरकारको बचाउमा खर्च गरेका थिए । सरकारले धेरै राम्रा र असल काम गरेको तर विपक्षी र केही सञ्चारमाध्यमले भने आलोचना गरेकोमा असन्तोष व्यक्त गरका थिए । तर शुक्रबार र शनिबार भएको समूहगत छलफलमा भने ओलीको सुशासन र भ्रष्टाचारमुक्त अभियानको चर्काे आलोचना भएको थियो ।
अधिकांश नेताहरुले सरकारको कार्यशैली र प्रवत्तिको खुला विरोध गरेका थिए । यस्तो अवस्थाको आंकलन ओलीले पहिल्यै गरिसकेका थिए । त्यसैले उनी प्रारम्भमै आक्रमक बन्ने प्रयत्नमा देखिए । ओलीको शैलीलाई खुला रुपमै चुनौती दिइएपछि भने समापन सत्रमा रक्षात्मक अवस्थामा देखा परे । हिजो कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै ओलीले भनेका थिए – हो , केही कमी कमजोरी भए होलान् , तर मेरो नियत सफा छ । म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई समेत गर्न दिन्न ।
यसैगरी उनले यति समूहसँग आफ्नो पार्टीको मितेरी साइनो नभएको भन्दै उद्घाटनका बेला हँुकार गर्ने ओली हिजो भने लुक्रक्क परेका थिए । त्यसैले यसबारे थप जवाफ दिन इश्वर पोख्रेललाई जिम्मेवारी दिइयो । यस्ता केही निर्णयले नै केन्द्रीय कमिटी साँच्चै बलशाली भएको तर्क गर्न सहज बनेको हो । साथै केन्द्रीय कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादीबीचको मनोबैज्ञानिक सोच र शैलीमा परिवर्तन ल्याएको अर्थमा समेत व्याख्या भएको छ ।
समग्रमा भन्नु पर्दा यो बैठकले नेकपाको तल्लो तह र तप्कामा राहत र सन्तोषको वातावरण सञ्चार गरेको हुनु पर्छ । तर व्यावहारमा भने यसलाई कसरी कार्यान्वयन गरिन्छ , त्यो नहेरी धेरै उत्साही भइ हाल्ने अवस्था छैन । राजनीतिक विश्लेषक सुरेन्द्र के सीका अनुसार , नेकपा केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन प्रकृया नहेरेसम्म धेरै हौसिनुको अर्थ छैन । ओली र प्रचण्डले नचाएको पार्टीलाई संस्थागत गर्न सजिलो छैन – उनी भन्छन् – केन्द्रीय कमिटीले गरेका निर्णयलाई अध्यक्षद्वयले धोती लगाई दिने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार